बिहीबार , चैत १५ गते २०८०    
images
images

इन्टरनेट सेवाप्रदायक संघको अध्यक्षमा सुधिर पराजुली सर्वसम्मत

images
बिजनेस न्युज
images
इन्टरनेट सेवाप्रदायक संघको अध्यक्षमा सुधिर पराजुली सर्वसम्मत

आइस्पानले ९ सदस्यिय नयाँ कार्यसमितिसमेत सर्वसम्मत गठन भएको छ। सोमबार बसेको आइस्पानको २२ औं साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व छनोट गरेको हो।

images
images

काठमाडौं- इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को अध्यक्षमा सुधिर पराजुली दोहोरिएका छन्। 

images
images
images

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संगठन संघको साधारणासभाले  इन्टरनेट तथा केबल टिभी सेवामा सक्रिय पराजुली सुबिसु केबलनेट प्रालिका अध्यक्ष पराजुलीलाई फेरि अध्यक्षमा निर्वाचित गरेको छ। 

images

इन्टरनेट तथा केबल टिभी दुबै सेवा व्यवसायमा आबद्ध रहेका पराजुली केबल टिभी प्रसारकहरुको संस्था नेपाल केबल टिभी महासंघको अध्यक्ष समेत हुन्।

images
images

आइस्पानले ९ सदस्यिय नयाँ कार्यसमितिसमेत सर्वसम्मत गठन भएको छ। सोमबार बसेको आइस्पानको २२ औं साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व छनोट गरेको हो।

साधारण सभामार्फत आइस्पानको उपाध्यक्षमा मनोज अग्रवाल चयन भएका छन्। उनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सञ्चालक हुन्। आइस्पानको महासचिवमा एरोनेटका नविन कुमार श्रेष्ठ नै दोहोरिएका छन् भने वेब सर्फर नेपाल कम्युनिकेसन्सका सुरेन क्षेत्री सचिवमा चयन भएकाछन्।

कोषाध्यक्षमा इस्टलिंक टेक्नोलोजीका पुस्कर सिंह बडाल नै दोहोरिँदा कार्यसमिति सदस्यहरुमा टेकमाइन्ड्सका कमल बास्तोला, डिशहोमका सुदिप आचार्य, मर्कन्टाइल कम्युनिकेसनका मधु अमात्य र सुजन थापा चयन भएका छन्।

त्यसैगरि आइस्पानको सल्लाहकारमा भायनेट कम्युनिकेसन्सका बिनय बोहरा, सुबिसुका विनय मोहन साउद र क्लासिक टेकका प्रमेश खनाललाई चुनिएको छ।

यस बाहेक कार्यगत समूह सदस्यमा विजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन्। आइस्पानले सीईओ तथा सदस्य सचिवको रुपमा सुभाष खड्कालाई जिम्मेवारी तोकेको जनाएको छ।

images

प्रकाशित : मंगलबार, माघ १७ २०७९०४:४१
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ