शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

च्याटजीपीटी जस्तै सुविधा ल्याउँदै चिनियाँ सर्च जायन्ट बैदु

images
बिजनेस न्युज
images
images
च्याटजीपीटी जस्तै  सुविधा ल्याउँदै चिनियाँ सर्च जायन्ट बैदु

बाँकी विश्वमा विकसित भएका प्रविधिलाई चिनियाँ कम्पनीहरूले कपी गर्दै आएको पश्चिमा मुलुकहरूले आरोप लगाउँदै आएका छन्।

images
images

काठमाडौं- चिनियाँ सर्ज इन्जिन बैदुले च्याटजीपीटीको जस्तै आर्टीफिसियल बोट सेवा ल्याउने भएको छ। ओपन एआईले विकास गरेको च्याटजीपीटीले अहिले प्रविधिको दुनियाँमा तहल्का मच्चाइरहेको छ। 

images
images
images

चीनमा गुगलको जस्तै सेवा दिने बैदुले च्याटजीपीटीको जस्तै बोट सुविधा सार्वजनिक गर्ने तयारी गरेको छ। मार्चसम्म यस्तै सेवा ल्याउने तयारी कम्पनीले गरिरहेको ब्लूमबर्गले समाचार प्रकाशित गरेको छ। 

images

अहिले विश्वमा च्याटजीपीटी लोकप्रिय भइरहेको छ। चीनको सबैभन्दा ठूलो सर्च इन्जिन बैदुले पनि यस्तै सेवा ल्याउन लागेको हो। यो समाचार प्रकाशित भएपछि बैदुको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको थियो। 

images

बाँकी विश्वमा विकसित भएका प्रविधिलाई चिनियाँ कम्पनीहरूले कपी गर्दै आएको पश्चिमा मुलुकहरूले आरोप लगाउँदै आएका छन्। बाँकी विश्वमा प्रचलित प्रविधि र शैलीलाई कपी गर्दै चिनियाँ कम्पनीले वस्तु तथा सेवा बजारमा ल्याउँदै आएका छन्। 

images
images

चीन बाहिरका समाजिक सञ्जाल, सर्च इन्जिन प्रतिबन्ध लगाएको चीनले देशभित्रकै कम्पनीको सेवालाई नियन्त्रित रुपमा प्रयोगमा ल्याउँछ। बैदु आफै चीनको गुगल भनेर चिनिन्छ। 

 

images

प्रकाशित : सोमबार, माघ १६ २०७९०४:४५
प्रतिक्रिया दिनुहोस