काठमाडौं- राजनीतिक नेतृत्व सरकार निर्माणको खिचातानी र दौडधुपममा रहेको समयमा मुख्यसचिव शंकरदास बैरागीले अपारदर्शी शासन गर्ने खाका बनाएका छन्। बैरागी नेतृत्वको सूचना वर्गीकरण समितिको सचिवालयले सरकारले गर्ने अधिकांश निर्णय गोप्य राख्ने निर्णय गरेको छ।
पुस १२ गते उक्त समितिले अधिकांश सूचना लुकाउने निर्णय गरेको हो। मुख्य सचिव संयोजक रहने समितिमा मन्त्रालयहरूका सचिव तथा विषय विज्ञ सदस्य हुने व्यवस्था छ।
समितिले सार्वजनिक गर्ने र नगर्ने सूचनाको वर्गीकरण गर्दै अपारदर्शी शासन प्रबर्द्धन गर्ने खाका तयार पारेको हो।
शासनसत्ता सञ्चालनका क्रममा हुने अधिकांश निर्णय गोप्य राख्ने, सार्वजनिक खरिदसँग जोडिएका सबैजसो विवरण गोप्य राख्ने निर्णय गरिएको छ। समितिले ९ विषयका सूचना ३० वर्षसम्म लुकाउने निर्णय गरेको छ।
कूल ८७ प्रकारका सूचना लुकाउने निर्णय उक्त समितिले गरेको छ। यसअघि पनि सरकारले ८० प्रकारका सूचना लुकाउने निर्णय गरेको थियो। तर उक्त निर्णयविरुद्ध अदालतले आदेश गरेको थियो। अहिले फेरि मुख्यसचिव शंकरदास बैरागीले त्यस्तै निर्णय गरेका छन्।
मुख्य सचिव बैरागीले यो निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट बिदा भएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्ट गराएका हुन्। प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्ट नै यस्तो निर्णय गराएपनि यसका बारेमा उनी जानकार नभएको भन्न नमिल्ने अधिकारीहरू बताउँछन्।
पछिल्लो समय व्यापार व्यवसाय, सार्वजनिक खरिद, सार्वदजनिक निर्माणसँग सम्बन्धित निर्णय सार्वजनिक भइरहेका छन्। यस्ता निर्णय सार्वजनिक हुँदा नागरिकले प्रश्न उठाउन पाएका छन्। संसददेखि सार्वजनिक माध्यममा छलफल हुँदा राजनीतिक तथा प्रशासनिक नेतृत्वमाथि दबाब बढिरहेको छ।
स्वतन्त्र समाचार सेवामार्फत यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले भने सामाजिक सञ्जालको माध्यमबाट समितिले सूचना लुकाउने भनेर गरेको निर्णयका बारेमा आफ्नो ध्यानकर्षण भएको उल्लेख गरेका छन्।
'सूचना वर्गीकरणसम्बन्धी समितिले गरेको निर्णयका बारेमा विभिन्न निकायबाट व्यक्त चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ' उनले भनेका छन्।
३० वर्षसम्म गोप्य राखिने विषय
दुईपक्षीय वार्ता एवं संवेदनशील मुद्दाहरू मा सरकारको धारणा / अडान रणनीति र छलफलका अभिलेख र विचाराधिन विषय।
बहुपक्षीय निकायका पदाधिकारीसँगको बैठकमा छलफल भएको विषय र अभिलेख।
नेपाली राजदूतावास वा नियोगबाट प्रेषित गोप्य प्रतिवेदनहरू, वार्ताका अभिलेख तथा अन्य कूटनीतिक रूपले संवेदनशील पत्राचार।
सुरक्षा, सामरिक र प्रतिरक्षा सम्बन्धी हात हतियार, गोलीगट्ठा, विस्फोटक पदार्थ, सैनिक हवाई परिवहनका साधन, स्पेयरपार्टस तथा बन्दोवस्तीका सामानको उत्पादन प्राप्ति / खरिद, ओसारपसार, सुरक्षण, भण्डारण, प्रयोग तथा व्यवस्थापन र सैनिक प्रकृतिका उडान सम्बन्धी विषय।
सुरक्षा सम्बन्धी तालीम, सैनिक परिचालन, युद्धकला, अभ्यास, बन्दोबस्ती र सोसँग सम्बन्धित मेनुयल तथा अनुसन्धान सम्बन्धी विषय।
सार्वजनिक हित तथा सुरक्षाको दृष्टिले महत्वपूर्ण सरकारी एवं सरकारी स्वामित्वमा रहेका संरचनाको डिजाइन र परियोजना संचालन प्रविधिसँग सम्बन्धित विषय।
राष्ट्रिय सुरक्षा र राष्ट्रिय संकट सम्बन्धी कुनै विषयको छलफल संसदको गोप्य बैठकमा गरियोस् भनी प्रधानमन्त्रीले प्रस्ताव गरेमा त्यस्तो बैठक सम्बन्धी विषय।
नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा. सार्वजनिक शान्ति सुव्यवस्था एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामाजिक सद्भावमा खलल पर्न सक्ने विषय र सो सम्बन्धी जाँचबुझ अनुसन्धान एवं अनुगमन प्रतिवेदन।
आधिकारिक रुपमा प्रमाणित हुन बाँकी रहेका सीमानाको स्ट्रिप नक्सा तथा अन्तर्राष्ट्रिय सीमा स्तम्भहरूको विवरण सम्बन्धी विषय।
२० वर्ष सूचना लुकाउने
उच्चपदस्थ पदाधिकारीबाट हुने भेटघाट तथा छलफल सम्बन्धी विषय।
बहुपक्षीय निकायमा प्रस्तुत गरिने उम्मेदवारीका सम्बन्धमा मित्रराष्ट्रसँग भएका सहमति, सहकार्य वा अ मतदान सम्बन्धी निर्णय वा समझदारी सँग सम्बन्धित विषय।
कारागारभित्र रहेका कैदी तथा कारागारको सुरक्षा सम्बन्धी विषय।
सुरक्षा वा प्रतिरक्षा सम्बन्धी पत्रचार, विभिन्न तहका, सुरक्षा संयन्त्रका बैठकका निर्णय तथा अभिलेखसँग सम्बन्धित विषय।
शान्ति मिसनहरुमा सुरक्षा निकायहरुको तैनाथी योजना, हात हतियार, उपकरण तथा सवारी साधन सम्बन्धी विवरण।
राष्ट्रिय सुरक्षा रणनीति एवं प्रतिरक्षा सम्बन्धी नीति, रणनीति तथा कार्य योजना एवं सो सँग सम्बन्धित अभ्यासका विषयहरु।
सुरक्षा निकायले राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था लगायतका विषयहरुमा नेपाल सरकारका विभिन्न निकायहरुलाई दिएको परामर्श, राय सुझाव, सूचना तथा लिखत सम्बन्धी विषय।
सैनिक अधिकारीको भ्रमणमा हुने छलफलका विषय।
१० वर्षसम्म सूचना लुकाउने विषयहरु
अन्तर्राष्ट्रिय अपराध आतंकवादी क्रियाकलापसँग सम्बन्धित विषय, पक्राउ पूर्जी जारी भएका अभियुक्त सम्बन्धी विवरण र सपुर्दगी तथा पारस्परिक कानूनी सहायतासँग सम्बन्धित विषय।
सुरक्षा कारवाही तथा तालिमको सिलसिलामा घाइते, मृत्यु वा हराइरहेका सुरक्षाकर्मीको विवरण।
सहमति नहुँदासम्म, कार्यसम्पादन नहुँदासम्म लुकाउने
उच्चस्तरीय द्विपक्षीय वा बहुपक्षीय भ्रमणको आन्तरिक तयारी सम्बन्धी विषय।
द्विपक्षीय रुपमा सार्वजनिक गर्ने भनी समझदारी भएका विषय।
निर्णय प्रक्रियामा रहेका र अन्तिम निर्णय भइनसकेका विषय।
संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रहरूका लागि मात्र भनी निषेधराखी प्रस्तुत गरेका छलफलका विषयसूची, दस्तावेज, प्रतिवेदन।
संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा अन्तर्राष्ट्रिय सन्धि सम्झौता अन्तर्गत नेपालले अन्य सदस्य राष्ट्रका विषयमा गरेको सम्बन्धी प्रतिवेदन र त्यसमा व्यक्त गरेको अप्रकाशित धारणा।
संसद् र संसदीय समितिमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयको तर्फवाट प्रस्तुत गरिएका जबाफसँग सम्बन्धित विषय।
सुरक्षा निकायको प्रयोगमा रहेको सुरक्षा सम्बन्धी सामग्री, रेडियो संचार, फ्रिक्वेंसी, कोड की कोड वर्ड र पासवर्ड तथा कार्य पद्धतिसम्बन्धी विषय।
विशिष्ट पदाधिकारी एवं व्यक्तिको भ्रमणसँग सम्बन्धित सुरक्षा योजना सम्बन्धी विषय।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद समाधानका सम्बन्धमा मध्यस्थता तथा मेलमिलापका माध्यमबाट समाधान गर्नुपर्ने विषयवस्तुसँग सम्बन्धित विषय।
विशिष्टीकृत कानूनद्वारा गोप्य राख्नुपर्ने भनी तोकिएका विषय।
२० वर्ष गोप्य राख्निने
अपराधको अनुसन्धान तहकिकात, छानविन, परीक्षण र अभियोजनसँग सम्बन्धित तथ्य र प्रमाण।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धानको क्रममा रहेको व्यक्तिको वैयक्तिक सूचना, पारिवारिक विवरण, लिखत, तथ्यांक, पत्राचार, सम्पत्ति सम्बन्धी विवरण र कसुरको अनुसन्धान गर्ने अधिकारी, भुक्तानी प्रणाली तथा सुराकी परिचालन सम्बन्धी विवरण।
सार्वजनिक खरिद कानून बमोजिम कालोसूचीमा राखे र सोउपर पुनवरालोकन समितिबाट भएका निर्णय प्रक्रियासँग सम्बन्धित विषय- १५ वर्ष
बोलपत्रदाताले विद्युतीय खरिद प्रणालीमा दाखिला गरेका व्यापारिक प्रकृतिका विवरण वा कागजात- १० वर्ष
राजस्व चुहावट, करछली, शंकास्पद कारोवार सम्बन्धी प्रतिवेदन र सोको अनुगमन सम्बन्धी विषय-१० वर्ष
अनुसन्धान, निगरानी सूचना संकलन गर्न वा अनुगमन गर्न खटाइएका व्यक्तिको परिचय सम्बन्धी विषय -१० वर्ष
सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता विरुद्धको अपराधसँग सम्बन्धित व्यक्ति, उजुरी, साक्षी, बयान, सर्जमिन, खानतलासी तथा बरामदी मुचुल्का, नामकोड, नेपाल सरकार समक्ष क्षतिपूर्ति तथा परिपूरणका लागि सिफारिस भएका विषय सम्बन्धी विवरण- १० वर्ष
प्राकृतिक स्रोत र जैविक विविधता तथा संरक्षित वन्यजन्तुको अध्ययन, अनुसन्धान तथा गणना सम्बन्धी जिपिएस लोकेसन र वन्यजन्तुको अवत जावत तथा बासस्थान सम्बन्धी विवरण- १० वर्ष
वन र वन्यजन्तु अध्ययन, अनुसन्धान सम्बन्धी जीपीएस लोकेसन राखिएको संकेत वा चिन्हसँग सम्बन्धित- १० वर्ष
अख्तियार दुरुपयोगको अनुसन्धान र तहकिकातको सिलसिलामा प्राप्त जानकारी वा अभियोजनसँग सम्बन्धित विवरण-१० वर्ष
मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अनुसन्धानसँग सम्बन्धित तथ्य र विवरण- १० वर्ष
छानबिन, जाँचबुझ अध्ययन/अनुसन्धान वा तहकिकातका लागि गठित आयोग, समिति, कार्यदलका प्रतिवेदन- १० वर्ष
निर्वाचन विवाद निरूपणका सम्बन्धमा प्राप्त सूचनाहरू छानविन प्रतिवेदन र प्रमाण कागजातसँग सम्बन्धित विवरण- विवाद निरुपण नहुँसम्म
Cadastral Layer Superimpose on land use zoning/Land Use Zoning data - ३० वर्ष
सरकारी स्वामित्वमा रहेका व्यापारिक / व्यावसायिक सेवा प्रदान गर्ने निकायको सेवा विस्तार सम्बन्धी रणनीति तथा
व्यावसायिक कार्ययोजना - २० वर्ष
सार्वजनिक निकायसँग भएको लिज सम्झौता व्या सम्बन्धी विषय- २० वर्ष
सार्वजनिक निकायको प्रयोगमा रहेको सफ्टवेयर, Programming Language, Host, Source Code, ४६. C-Panel, CMS-Admin, Password र Mail- Admin सम्बन्धी र Network diagram तथा system architecture सम्बन्धी विवरण- २० वर्ष
सूचना प्रविधि सुरक्षण सम्बन्धी वि सूचनाहरु, सूचना उपकरण Configuration, IP Address, Server तथा Network Log Credential, Network operation Center को प्रतिवेदन, Network diagram, System architecture र विद्युतीय तथा साइवर प्रविधिगत प्रणाली (System Software) सम्बन्धी विवरण - २० वर्ष
खानी तथा खनिजजन्य पदार्थको अन्वेषण, उत्खनन तथा उत्पादनसँग सम्बन्धित द्विपक्षीय सम्झौता पत्र र सो सँग सम्बन्धित विवरण (डाटा प्याकेज समेत)- २० वर्ष
व्यापार तथा पारवहन सम्बन्धी रणनीतिक विषय- १५ वर्ष
सार्वजनिक निकायमा पेश भएको उद्योगको व्यावसायिक गतिविधि (स्किम) सम्बन्धी विवरण -१५ वर्ष
मतपत्रको स्पेशिफिकेशन र सेक्युरिटी फिचर सहितको मतपत्रको ढाँचा सम्बन्धी विषय- १५ वर्ष
राष्ट्रिय सूचना प्रणालीको सुरक्षा सम्बन्धी विषय- १० वर्ष
सुरक्षण मुद्रण उपकरणका विशेषता,
स्पेसिफिकेसन, डिजाइन, गुणस्तर, डाटावेश, प्रतीक चिन्ह सञ्चालन कार्यविधि सम्बन्धी विषय - १० वर्ष
राहदानीसम्बन्धी सफ्टवेयर प्रणाली र सोको मुद्रण तथा उत्पादन केन्द्र सम्बन्धी विवरण- १० वर्ष