आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटनमन्त्री किरातीको प्रश्न : पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम?

images
आइतबार, माघ १५ २०७९
images
पर्यटनमन्त्री किरातीको प्रश्न : पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम?
images
images

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लुम्बिनिमा अपवित्र काम किन? भन्ने प्रश्न गरेका छन्।मन्त्रालयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाइ राख्दै मन्त्री किरातीले यस्तो प्रश्न गरेका हुन्।

images
images
images

विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बद्‍नाम गरिएको भन्दै विकास कोषका पधाधिकारीसँग मन्त्री किरातीले प्रश्न गरेका थिए।

images
images

राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएको मान्छेहरूले आफ्नो भूमिकालाई बिर्सेर घीनलाग्दो काममा लिप्त नहुन उनले निर्देशन दिएका छन्।

images
images

'लुम्बिनीमा फोहरको चर्चा विदेशमा चल्छ'

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गाईको गोबर र फोहोरले  लुम्बिनी भरिएको गुनासो रहेको पनि मन्त्रीले बताए।

'देश विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन्। यो विश्वाभरीको बौद्धधर्मलम्बीहरूको मुटुको ढुकढुकी हो। मुश्लिमहरूले मक्कमदिनलाई के बनाई सके? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरण बनाइएको छ तपाँईहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरै फोहर र धुलैधुलो राख्ने? आज विदेशमा लुम्बिनीको फोहोरको चर्चा चल्ने गरेको छ। मैले लुम्बिनीको फोहरको चर्चा चाइनामा सुने। आज संयोगबस यहि मन्त्रलयको मन्त्री बन्न आइपुगेको छु अव लुम्बिनी परिसर यथाशिघ्र सफा हुनुपर्छ', उनले भने।

'विकासको नाममा मागी खाने भाँडो किन बनाइँदै छ?'

'विकास कोषको नाममा मागी खाने भाँडो मात्रै बनाइएको छ। अब त्यसरी हुनेवाला छैन, पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम भैरहेको छ? एउटा संरचना बनाएर त्यसको सहि उपयोग नगरि फेरी अर्को संरचना बनाइन्छ। योजनाहरू एकपछि अर्को डुव्लिकेशन भैरहेको छ। यति धेरै अनियमिता कसरी भैरहेको छ? लुम्बिनीमा यति धेरै अनियमितता किन? बेरुजुको फाइल के हो?  म मन्त्री हो तर मैले लेखेर फाइल बोकेर जाने अवस्था नआओस्', मन्त्री किरातीले भने।

'अब कामको रुटिन र रिपोट चाहियो'

छलफलकै क्रममा मन्त्री किरातीले आफूलाई कामको रुटिन र रिपोर्ट चाहिने बताएका छन्। यति धेरै बजेट भएर पनि काम किन हुँदैन भनेर समेत मन्त्रिले व्यवस्थापनलाई प्रश्न गरेका थिए।

संविधान छ, त्यसअनुसार कानून छ , कानून छ कानून अनुसार कर्मचारी छ तर काम छैन किन? मन्त्रीले भने।

'तपाईंहरूलाई काम गर्न केले छेकेको छ। नितिगत कुराले छेकेको हो भने भन्नुस् तर अब हामीसँग कुनै बहानाले चल्नेवाला छैन। तपाँईहरूले हिजो जे गर्नु भयो अव काम चाहियो मात्र परिणाम चहियो। यति धेरै बजेट छ काम भएको छैन। अब तपाईंहरूको साप्ताहिक कामको रिपोट मलाई चाहियो। अब कामको क्यालेन्डर सहितको कार्ययोजना र त्यसको प्रगति प्रतिवेदन पनि चाहियो। प्रगती विवरण काजमा मात्र सीमित नभै आम जनताले अनुभूति हुने गरी पनि हुनुपछमैले मन्त्री हैन अध्यक्षको हिसाबले यो कुरा बोलिरहेको छु। यो स्टन हैन,' उनले भने।

'कतै झ्याल जस्केलाबाट छिर्ने दुस्साहस नगर्नुहोला'

'कतै झ्याल/जस्केलाबाट छिर्ने दुसहास नगर्नुहोला। म एउटा किसानको छोरा हो। मलाई लोभ लालच छैन। मन्त्री बन्छु भनेर राजनिति गरेको पनि होइन', उनले भनेका छन्।

'आज पार्टीको विश्वास र जनताको बलले यहाँ छु। अहिलेको सरकारलाई असफल भएर फर्कीने कुनै छुट छैन। म कुनै रबाफ र प्रभावमा पर्नेवाला छैन। हामीलाई कसैले कुनै प्रभावमा पार्ने प्रयत्न तथा दुस्साहस नगर्नु होला। अब विकास निर्माण कार्यको गुणस्तर पुन: परिक्षण हुनेछ। मसँग अनुभवि र सहासी राज्यमन्त्री हुनुहुन्छ अनि निस्कलंक छवि भएको सचिव हुनुहुन्छ। यो मिलेको टिमलाई कुनै प्रभावले रोक्नेवाला छैन' उनले भने। 


प्रकाशित : आइतबार, माघ १५ २०७९०९:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend