आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी खोज्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मोटरसाइकल पार्किङकै प्रतिघण्टा ३० रुपैयाँ?

images
आइतबार, माघ १५ २०७९
images
सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी खोज्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मोटरसाइकल पार्किङकै प्रतिघण्टा ३० रुपैयाँ?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल टर्मिलन भवनको उत्तरपट्टी रहेको १० हजार ५ सय १४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी पार्किङ तथा शुल्क संकलनका लागि कम्पनी छनोट गर्ने गरी टेन्डर गरेको हो।

images
images
images

कार्यालयले ५ वर्षका लागि कम्पनी छनोट गर्न लागको हो। कार्यालयले कम्पनी छनोट नहुँदासम्मका लागि भने पुरानो पोखरा विमानस्थलमै काम गरेको कम्पनीलाई अधिकार दिएको छ।

images
images

कार्यालयले पाँच वर्षका लागि न्यूनतम १ करोड ६२लाख ३३ हजार रुपैयाँ तोकेर टेन्डर गरेको छ। ट‍ेन्डरमा सहभागी हुन चाँहने कम्पनीले पुरानो बक्यौता रकम भुक्तानी गर्नु गरेको हुने पर्ने उल्लेख छ। कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा तोकेको भन्दा बढी सेवा ग्राहीसँग लिन पाउने छैन। 

images
images

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि अलगै शुल्क तय गरेको छ।

जसमा मोटरसाइकल तथा स्कुटर तथा रिक्साका लागि प्रतिघण्टा ३० रुपैयाँ र प्रतिदिन १ सय ८० रुपैयाँ तोकिएको छ। यसैगरी कार/ जिप/  लिमोजन/ टेम्पोको हकमा प्रतिघण्टा ६० रुपैयाँ  र प्रतिदिन ३ सय ६० रुपैयाँ तोकिएको छ।

साथै हल्का सवारी साधन (मिनिबस र माइक्रोबस)को प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४ सय ८० रुपैयाँ सवारी धनीले तिर्नु पर्छ। यसैगरी बस, ट्रक (ग्रहौ सवारी साधन)को प्रतिघण्टा १ सय २० रुपैयाँ र प्रतिदिन ७ सय २० रुपैयाँ तोकिएको छ।

 


प्रकाशित : आइतबार, माघ १५ २०७९०२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend