शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

सर्वाधिक भिजिटर भएका संसारका १० वेबसाइट

images
images
images
सर्वाधिक भिजिटर भएका संसारका १० वेबसाइट

गुगल डटकम र युट्युब डटकमको भिजिटर यति धेरै छन् कि यी दुईको भिजिटर त्यसपछिका ४८ धेरै भिजिटर भएका बेवसाइटको भिजिटरभन्दा बढी रहेको छ। 

images
images

काठमाडौं- संसारभर कति वटा वेबसाइट होला  र तिनका भिजिटर कति होलान?, धेरैको चासोको विषय हो। सबैजोस मानिसहरु कुनै न कुनै रुपमा वेबसाइटमा संलग्न छन्। संसारभर दर्ता भएका वेबसाइटको संख्या २ अर्ब वटा पुगेको छ। 

images
images
images

२०२३ को सुरुवातमा संसारभर रहेको वेबसाइटको संख्या २ अर्ब नजिक रहेको छ। त्यसमध्ये धेरै वेबसाइटहरु भिजिटर वा ट्राफिकका हिसाबले निष्क्रिय छन्। तर सर्वाधिक ट्राफिक भएको वेबसाइटको कुरा गर्ने हो भने त्यसमा ठूलो संख्यामा भिजिटर छन्। 

images

संसारको सबैभन्दा धेरै ट्राफिक वा भिजिटर भएको वेबसाइट गुगल डटकम हो। यो वेबसाइट दैनिक ३ अर्ब ५० करोड पटक खोजि हुने गरेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। सिमिलरवेबबाट उपलब्ध डेटाका आधारमा यो वर्गीकरण गरिएको हो। 

images

गुगल डटकम धेरै कुराको खोजी गर्नका लागि प्रयोग हुने गरेको छ। त्यतिमात्र होइन गुगल अर्को धेरै भिजिटर भएको वेबसाइट युट्युब पनि गुगलको आफ्नै हो। गुगल डटकम र युट्युब डटकमको भिजिटर यति धेरै छन् कि यी दुईको भिजिटर त्यसपछिका ४८ धेरै भिजिटर भएका बेवसाइटको भिजिटरभन्दा बढी रहेको छ। 

images
images

गुगल डटकम र युट्युब डटकम पनि तेस्रो स्थानमा फेसबुक डटकम रहेको छ। गुगल सर्च इन्जिन हो भने युट्युब स्ट्रिमिङ र अनलाइन टीभी हो। फेसबुक डटकम भने सामानिक सञ्जाल हो। 

यी हुन् १० सर्वाधिक भिजिटर भएका वेबसाइट 

१. गुगल डटकम- मासिक भिजिटर ८५.१ अर्ब

२. युट्युब डटकम- मासिक भिजिटर ३३ अर्ब 

३. फेसबुक डटकम- मासिक भिजिटर १७.८ अर्ब

४. ट्वीटर डटकम- मासिक भिजिटर ६.८ अर्ब

५. इन्स्टाग्राम डटकम- मासिक भिजिटर ६.१ अर्ब 

६. बाइडू डटकम- मासिक भिजिटर ५ अर्ब

७. विकिपिडिया डटओआरजी- मासिक भिजिटर ४.८ अर्ब

८. यानडेक्स डटरु- मासिक भिजिटर ३.४ अर्ब

९. याहू डटकम- मासिक भिजिटर ३.३ अर्ब

१०. ह्वाट्सएप डटकम- मासिक भिजिटर २.९ अर्ब

१० सर्वाधिक भिजिटर भएको वेबसाइट मध्ये दुईवटा बाहेक सबै अमेरिकी कम्पनीद्वारा सञ्चालित वेबसाइट हुन्। त्यस्तै १० मध्ये तीन वटा सर्च इन्जिन हुन् भने ४ वटा सामाजिक सञ्जाल हुन्। सर्वाधिक १० भिजिटर भएको वेबसाइट मध्ये बाइडू डटकम चिनियाँ सर्च इन्जिन हो भने यानडेक्स डटरु रसियन सर्च इन्जिन हो।  

images

प्रकाशित : बिहीबार , माघ १२ २०७९०५:३७

प्रतिक्रिया दिनुहोस