आइतबार, चैत २४ गते २०८१     १३ : ०२ : ४६
आइतबार, चैत २४ २०८१
images
images

आधा घट्यो डिजिटल उपकरणको आयात

images
बुधबार, माघ ११ २०७९
images
images
आधा घट्यो डिजिटल उपकरणको आयात

मोबाइल, ल्यापटपसँगै टेलिभिजन, राउटर तथा अन्य नेटवर्किङका डिभाइसको आयातमा पनि गिरावट देखिएको छ। आन्तरिक बजारमा न्यून माग हुँदा आयात पनि घटेको छ। आयातमा रोक नलागेका डिभाइसको आयातमा पनि तीव्र गिरावट देखिएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो छ महिनामा मोबाइल फोनको आयात आधाभन्दा बढीले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको छ महिनामा मोबाइल फोनको आयात घटेको हो। 

images
images

यो वर्षको साउनदेखि पुस मसान्तसम्म नेपालमा १३ अर्ब ९८ लाख रुपैयाँको स्मार्टफोन आयात भएको छ। त्यस्तै अन्य फोन १ अर्ब ३१ करोड रुपैयाँको आयात भएको छ। यस हिसाबले कूल मोबाइल फोनको आयात यो वर्षको छ महिनामा १४ अर्ब ३२ करोड रुपैयाँको भएको छ। 

images
images

गत वर्षको यही अवधिको तुलनामा मोबाइल फोनको आयात ४४ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा २५ अर्ब ६२ करोड रुपैयाँको फोन आयात भएको थियो। 

images
images

यो वर्षको छ महिनामा ८  लाख ९५ हजार ५७९ वटा स्मार्टफोन भित्रिएका छन्। त्यस्तै अन्य मोबाइलफोन भने १४ लाख ११ हजार वटा भित्रिएका छन्। विश्वव्यापी रुपमै मोबाइल फोनको व्यापारमा गिरावट आएको छ। सन् २०२२ मा संसारभर १६ प्रतिशतले मोबाइल फोनको व्यापार घटेको छ। 

विश्व बजारमा देखिएको मोबाइल व्यापारको मन्दीभन्दा पनि नेपाल सरकारले गत वर्षको चैतदेखि लगाएको आयातमा प्रतिबन्ध मुख्य कारण देखिएको छ। सरकारले ३ सय अमेरिकी डलरभन्दा महंगा मोबाइलको आयातमा रोक लगाएको थियो। जुन रोक यही मंसिर मसान्तसम्म थियो। यही कारणले मोबाइलको आयातमा प्रभाव परेको छ। 

यस बाहेक बजारमा माग पनि धेरै नभएको व्यवसायीहरूले बताएका छन्। नेपाली बजारमा भन्सार तिरेरभन्दा व्यक्तिग रुपमा आउने मोबाइलको संख्या धेरै हुने विभिन्न सरकारी अध्ययनले देखाएका छन्। 

मोबाइलमात्र होइन यो वर्ष अन्य डिभाइसको आयातमा पनि गिरावट देखिएको छ। विश्वव्यापी रुपमै अधिकांश डिजिटल उपकरणको व्यापारमा मन्दी देखिएको छ। उत्पादनमा अवरोध, मागमा संकुचनका कारणले गर्दा यस्ता उपकरणको व्यापार प्रभावित भइरहेको छ। सन् २०२२ मा ल्यापटप तथा नोटवुकको व्यापार २० प्रतिशतले घटेको थियो। 

विश्वव्यापी मन्दीको असर नेपाली बजारमा पनि देखिएको छ। यो वर्षको छ महिनामा ल्यापटप तथा नोटवुकको आयात आधाले घटेको छ।  यो वर्ष नेपालमा ३ अर्ब ९ करोड रुपैयाँका ल्यापटप आयात भएको छ। भन्सार विभागका अनुसार यो वर्ष ४५ हजार ९७८ वटा ल्यापटप भित्रिएका छन्। यो गत वर्षको तुलनामा आधाभन्दा न्यून हो। गत वर्षको यही अवधिमा ७ अर्ब १७ करोड रुपैयाँका ल्यापटप आयात भएको थियो। 

पछिल्लो समय डिजिटल उपकरणको मूल्य अन्तर्राष्ट्रिय बजारमै आकाशिएको छ। गत वर्षको तुलनामा मोबाइल, ल्यापटक तथा ट्याबलेटको लागत बढेको छ। गत वर्षको तुलनामा ल्यापटपको प्रतियुनिट मूल्य १० हजार रुपैले वृद्धि भएको छ। गत वर्ष नेपालमा औसतमा प्रति युनिट ल्यापटको आयात मूल्य ५७ हजार रुपैयाँ थियो भने यो वर्ष बढेर ६७ हजार रुपैयाँ पुगेको छ। अमेरिकी डलरको भाउमा भएको वृद्धि तथा अन्य व्यापार लागतले आयात लागत बढेको हो। 

मोबाइल, ल्यापटपसँगै टेलिभिजन, राउटर तथा अन्य नेटवर्किङका डिभाइसको आयातमा पनि गिरावट देखिएको छ। आन्तरिक बजारमा न्यून माग हुँदा आयात पनि घटेको छ। आयातमा रोक नलागेका डिभाइसको आयातमा पनि तीव्र गिरावट देखिएको छ। 


प्रकाशित : बुधबार, माघ ११ २०७९०१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend