शनिबार, वैशाख ८ गते २०८१    
images
images

अर्बौं डलरको साम्राज्य भएका टेक जायन्टहरू धमाधम कटौती गर्दै कर्मचारी

images
images
अर्बौं डलरको साम्राज्य भएका टेक जायन्टहरू धमाधम कटौती गर्दै कर्मचारी

नाटकीय मूल्यांकन त्यही आधारमा मूल्यांकन र पुँजीकबजारमा हुने पुँजीकरणले सिर्जना गरेको आधारमा लिइने ऋणमा टिकेको प्रविधि साम्राज्यले पछिल्लोसमय अस्भाविक समस्या भोगिरहेको छ। यही समयमा ओपन एआईमा १० अर्ब लगानीको चर्चा चलेको छ। 

images
images

काठमाडौं- हालैमात्र एउटा समाचार आएको छ गएको महिनामात्र च्याटबोट च्याटजीपीटी ल्याएर तहल्का मच्चाएको ओपन एआई कम्पनीमा माइक्रोसफ्टले १० अर्ब अमेरिकी डलर लगानी गर्ने भनेर। यो समाचार यस्तो समयमा आइरहेको छ कि संसारका कयौं प्रविधि जायन्टहरूले आफ्नो मूल्य गुमाइरहेका छन्। 

images
images
images

प्रविधि जायन्ट कम्पनीहरूको नाफासँगै पुँजीकरण पनि खस्किएको छ। अमेरिकी कतिपय बहुराष्ट्रिय कम्पनीहरूले ९० प्रतिशतसम्मले मूल्यांकन गिरावट आएको छ। पछिल्ला त्रैमासमा आएका रिपोर्टले अधिकांक कम्पनीहरूको आम्दानी ऋणात्मक भएको छ। 

images

विश्वभर देखिएको खराब आर्थिक अवस्थामा उच्च ब्याजदरको रफ्तार अझै कायमै छ। विगतमा यस्ता टेक कम्पनीहरूको नाटकीय मूल्यांकनबाट सिर्जना भएको सस्तो पैसामा टिकेको मूल्यांकन पछिल्लो वास्तविकतासँगै खस्किएको विश्लेषण भइरहेको छ। 

images

नाटकीय मूल्यांकन त्यही आधारमा मूल्यांकन र पुँजीकबजारमा हुने पुँजीकरणले सिर्जना गरेको आधारमा लिइने ऋणमा टिकेको प्रविधि साम्राज्यले पछिल्लोसमय अस्भाविक समस्या भोगिरहेको छ। यही समयमा ओपन एआईमा १० अर्ब लगानीको चर्चा चलेको छ। 

images
images

अर्कोतिर पछिल्लो तीन महिनामै प्रविधि जायन्टहरूले ५० हजार कर्मचारी कटौती गरेका छन्। गएको वर्षसम्म गुणातम्क नाफा वृद्धि गरेका यस्ता कम्पनीले पछिल्लो नौ महिनाको संकट थेग्न नसकेर हजारौं कर्मचारी कटौती गरेका छन्। 

जेफ बेजोजको कम्पनी अमेजनले १८ हजार कर्मचारी कटौती गरेको छ। त्यस्तै सेल्सफोर्सले ८ हजार, माइक्रोसफ्टले १० हजार, गुगलले १२ हजार कर्मचारी कटौती गरेको छ। स्पोटीफाइले साढे ६ हजार कर्मचारी कटौती गरेको छ भने ट्वीटरले ८ हजार कर्मचारी कटौती गरिसकेको छ। फेसबुकको सञ्चालक कम्पनीले मेटाले ११ हजार कर्मचारी कटौती गरेको छ भने कयौं कम्पनीले कटौतीको योजना बनाएका छन्। 

पछिल्ला केही वर्षदेखि नाटकीय नाफा आर्जन गरिरहेका कम्पनीले तीन महिनाको नोक्सानी सहन नसकेर कर्मचारी कटौती गरेको भन्दै आलोचना भइरहेको छ। 

images

प्रकाशित : मंगलबार, माघ १० २०७९०७:५७

प्रतिक्रिया दिनुहोस