काठमाडौं- अनुमतिबिना खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्रभु हेलिकप्टर कम्पनीको सबै उडानमा रोक लागेको छ।
गत माघ ५ गते प्रभु हेलिकप्टरको जहाज स्याङ्जा जिल्लाको वालिङ फुटबल मैदानमा खेल चलिरहेका बेला अवतरण गरेपछि विवाद आएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकारणको नियम तथा सो कम्पनीको कार्यविधि विपरित मानिसको भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटसँगै प्रभु हेलिकप्टलाई उडानमा रोक लगाइएको हो।
प्राधिकरणले अर्को आदेश नभएसम्मको लागि उक्त हेलिकप्टरको पाइलटलाई उडानमा रोक लगाएको छ। प्राधिकारणले थप छानबिन गरिरहेको र अर्को निर्णय नभएसम्म सबै उडानमा रोक लगाएको जनाएको छ।