आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

हङकङ विमानस्थल एटीसीको निर्देशन अवज्ञा गर्दै जोखिमपूर्ण अवतरण गर्ने नेपाल एयरलाइन्सका ३ पाइलट ग्राउन्डेड

उद्धव घिमिरे, राजेश कुसवाह र नरबहादुर विश्वकर्मालाई उडानमा प्रतिबन्ध

images
सोमबार, माघ ९ २०७९
images
हङकङ विमानस्थल एटीसीको निर्देशन अवज्ञा गर्दै जोखिमपूर्ण अवतरण गर्ने नेपाल एयरलाइन्सका ३ पाइलट ग्राउन्डेड
images
images

काठमाडौं- हङकङ विमानस्थल एटीसीको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गर्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलट (क्याप्टेन) लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्डेड गरेको छ। तीनजना नै एयरबस-३२० का पाइलट हुन्।

images
images
images

जनवरी १४ मा काठमाडौं-हङकङ उडानमा रहेका पाइलटहरू उद्धव घिमिरे, नरबहादुर विश्वकर्मा (आईपी) र राजेश कुसवाहलाई प्राधिकरणले ग्राउन्डेड गरेको हो।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज अवतरणका क्रममा हङकङ विमानस्थल एटीसीले दिएको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको सूचना हङकङ सिभिल एभिएसनबाट आएको कारण उनीहरूलाई शुक्रबार ग्राउन्डेड गरिएको हो।

images
images

शुक्रबार नै प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि तीनै पाइलटलाई उडानमा प्रतिबन्ध लगाउन भन्दै पत्राचार गरेको छ। प्राधिकरणले जोखिमपूर्ण अवतरण गराएको रिपोर्ट आएको र अब उनीहरूसँग बयान लिएर थप निर्णय गर्ने जनाएको छ।

निगम स्रोतका अनुसार पाइलटहरूले एटीसीले भनेअनुसार अल्टिच्युट म्यानेज नगरी जोखिमपूर्ण अवतरण गराएका थिए।


प्रकाशित : सोमबार, माघ ९ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend