शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

दुई ठाउँमा डेटा सेन्टर निर्माणाधीन, थप तीन ठाउँमा प्रक्रिया अघि बढ्दै 

images
images
दुई ठाउँमा डेटा सेन्टर निर्माणाधीन, थप तीन ठाउँमा प्रक्रिया अघि बढ्दै 

डेटा सेन्टर निर्माण तथा सञ्चालनमा गुणस्तर तथा सुरक्षामा यसअघि प्रश्न उठेको थियो। महालेखा तथा सरकारी अनुमगनकारी संस्थाहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए। 

images
images

काठमाडौं- सातवटा डेटा सेन्टर निर्माण  गर्ने सरकारी योजनाअन्तर्गत दुई ठाउँमा भवन निर्माणको काम भइरहेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रले अहिले ललितपुरको खुमलटार र बाँकेको कोहलपुरमा डेटा सेन्टरका लागि भवन निर्माण गरिरहेको छ। 

images
images
images

नेपाल सरकारको घोषित योजना र कार्यक्रम अनुसार नै केन्द्रले डेटा सेन्टरको काम अघि बढाएको छ। 

images

सरकारी डेटा भण्डारण र सुरक्षणका लागि भन्दै भरपर्दो डेटा सेन्टर बनाउने उद्देश्य अन्तर्गत थप तीन ठाउँमा डेटा सेन्टर निर्माण हुने भएका छन्। अहिले काठमाडौं र हेटौंडामा डेटा सेन्टर सञ्चालन भइरहेको छ। 

images

डेटा सेन्टर निर्माण तथा सञ्चालनमा गुणस्तर तथा सुरक्षामा यसअघि प्रश्न उठेको थियो। महालेखा तथा सरकारी अनुमगनकारी संस्थाहरूले यसको गुणस्तरमा प्रश्न उठाएका थिए। 

images
images

अहिले भने केन्द्रले यसअघि उठेका प्रश्नको सम्बोधन गर्दै निर्माणको प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ। 

केन्द्रले पोखरा, धरान र बुटवलमा डेटा सेन्टर निर्माणको प्रक्रिय अघि बढाउने भएको छ। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका बनेको योजना अन्तर्गत थप डेटा सेन्टर निर्माण हुनेछन्। 

यी तीन ठाउँमा डेटा सेन्टर निर्माण भएपछि सरकारसँग कूल सातवटा सेन्टर हुने भएका छन्। 

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि यसअघि नै सरकारले विश्व बैंकसँग ऋण सम्झौता गरिसकेको छ। परियोजना अन्तर्गत डेटा सेन्टर लगायनका पूर्वाधारमा लगानी हुने छ। 

images

प्रकाशित : सोमबार, माघ ९ २०७९०७:००

प्रतिक्रिया दिनुहोस