आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

एटीआर जहाजको आयु कति?

images
आइतबार, माघ ८ २०७९
images
एटीआर जहाजको आयु कति?

देशअनुसारका नियामकले जहाजको उत्पादन मितिका आधारमा नियम बनाउँछन्। नेपालमा पनि १५ वर्षभन्दा पुरानो जहाज आयात गर्न पाइँदैन। 

images
images

काठमाडौं- कुनै पनि वस्तुको आयु अनन्त: हुन्छ? पक्कै पनि हुँदैन। नेपालमा पछिल्लो समय जहाजको आयुका विषयमा प्रश्न उठिरहेको सुनिन्छ। विशेषगरि हवाई दुर्घटना भएपछि सर्वसाधारणदेखि जानेबुझेकाहरूले समेत यसमा चासो राखेका हुन्छन्। कुनै पनि जहाज विज्ञानका नियम पालना गर्दै इन्जिनियरिङबाट सञ्चालित हुन्छ। 

images
images
images

यसको निर्माणदेखि उडानसम्म पुष्टि भएका प्रक्रियाहरू निर्धारित हुन्छन् र सोहीअनुसार सेवामा चल्छन्। यस्ता प्रक्रिया तथा नियम नेपाल आफैले मात्र बनाउँदैन। विश्वव्यापी रुपमा स्वीकार गरिएका र अंगिकार गरिएका नियम हुन्। यस्ता नियमलाई नेपालीकरण गरिन्छ। 

images
images

उड्डयन क्षेत्रका जानकार तथा एयरलाइन्स कम्पनीहरू जहाज पुरानो तथा थोत्रो नहुने बताउँछन्। अर्थात् जहाजको उत्पादन भएदेखि नै यसको अन्तिम उडानको मिति तय हुन्छ। जुन कुनै पनि देशमा त्यस्ता तय भएका मिति, विधि र प्रक्रिया उल्लंघन हुन्छन् त्यो देश नै अन्तर्राष्ट्रिय समुदायमा दण्डित हुन्छ। 

images
images

अर्थात् जहाज उत्पादन भएदेखि उडान गर्दा प्रत्येक दिनमात्र होइन प्रत्येक उडानअघिका सुरक्षा मापदण्ड हुन्छन्। नियमित चेकजाँच, परीक्षण हुन्छ। निश्चित तालिकामा पार्टपुर्जा परिवर्तन गर्नुपर्छ। यसरी तोकिएका म्यानुअल अनुसार काम भएपनि जहाज सुरक्षित हुन्छ भनिन्छ। 

जहाज पुरानो र थोत्रो नहुने नाममा यसको आयु अनन्त: हुन्छ त?

पक्कै पनि हुँदैन। जहाजको उत्पादन मितिका आधारमा जहाजको उमेर तय हुँदैन। अर्थात् आयु गणना हुँदैन तर पनि आयु हुन्छ। यस्तो आयु जहाजको उत्पादन मितिले होइन उडान चक्रले निर्धारण गर्छ। अर्थात् कुनैपनि जहाजले उडान गरेर अवतरण गरेपछि एक चक्र पूरा हुन्छ। यस्तो उडान चक्र जहाजको ब्रान्डअनुसार फरक हुन्छ। ब्रान्डको पनि मोडलअनुसार फरक हुन्छ। 

नेपालका सन्दर्भमा धेरै प्रचलनमा रहेको ब्रान्ड हो एटीआर। एटीआरमा पनि ७२ सिट क्षमताको एटीआर ७२-५०० मोडल हो। बुद्ध र यतीसँग यस्ता जहाज छन्। 

एटीआर जहाजको इकोनोमिक चक्र निर्धारण गरिएको हुन्छ। अर्थात् एउटा जहाजको अधिकतम चक्र ७० हजार रहेको छ। अर्थात् एउटा जहाजले ७० हजार चक्रसम्म पूरा गर्छ। त्यसपछि भने यसको आयु सकिन्छ। 

एटीआरको अधिकतम चक्र ७० हजार हो। अर्थात् त्यसपछि १ चक्र पनि उडान पाइँदैन। जुन जहाजले ७० हजार चक्र पूरा गर्दैन त्यो जहाजले निर्वाध उडान गर्नसक्छ। तर त्यस्तो जहाजको मर्मत भने नियमित हुनुपर्छ। 

यसरी नियमित मर्मत सम्भार भएपछि ७० हजार चक्र पूरा नगर्दासम्म जहाजले निर्वाध उडान गर्न सक्छन्। यो अवधि पूरा नहुँदासम्म कुनै पनि नियामकले रोक्दैनन्। 

तर पनि देशअनुसारका नियामकले जहाजको उत्पादन मितिका आधारमा नियम नै नबनाउने भने होइनन्। नेपालमै पनि १५ वर्षभन्दा पुरानो जहाज आयात गर्न पाइँदैन। 

एटीआर जहाजको एउटा निश्चित साइकलको आयु तोकिएको हुन्छ। त्यो पूरा भएपछि जहाज व्यावसायिक उडानबाट विस्थापित हुन्छ। तर त्यो आयु पूरा भएको छैन र समय तालिकाअनुसार मर्मत तथा पार्टपुर्जा परिमार्जन भएको अवस्थामा जति वर्ष पनि उडान गर्ने मिल्छ। जहाजको दर्ता पुरानो हुन्छ तर जहाज थोत्रो हुँदैन। जहाजले जब कम्पनीले उत्पादन समयमा नै तोकेको आयु पूरा गर्छ अनि मात्रै उडान गर्न पाइँदैन।

‘जहाजको दर्ता पुरानो हुन्छ, बुढो हुँदैन’ ‘जहाजको दर्ता पुरानो हुन्छ, बुढो हुँदैन’

 


प्रकाशित : आइतबार, माघ ८ २०७९१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend