आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पाइलटको तालिममा बुद्ध एयरले पाँच वर्षमा ५८ करोड खर्चियो 

images
आइतबार, माघ ८ २०७९
images
पाइलटको तालिममा बुद्ध एयरले पाँच वर्षमा ५८ करोड खर्चियो 

पाइलट तथा प्राविधिकहरूले जति धेरै तालिम तथा प्रशिक्षण पाए उति धेरै सुरक्षित उडान हुने कम्पनीको विश्वास रहेको र सोहीअनुसार लगानी गरिएको उल्लेख गरेको छ। 

images
images

काठमाडौं - बुद्ध एयरले पछिल्लो पाँच वर्षमा आफ्ना पाइलट तथा इन्जिनियरको तालिममा ५८ करोड रुपैयाँ लगानी गरेको छ। 

images
images
images

बुद्धले पछिल्लो पाँच वर्षमा तालिमका लागि ५८ करोड ३१ लाख ६२ हजार रुपैयाँ खर्च गरेको हो। यो कम्पनीले सन् २०१७/०१८ देखि सन् २०२२ सम्म गरेको खर्चको विवरण हो। 

images
images

पाइलट तथा प्राविधिकहरूले जति धेरै तालिम तथा प्रशिक्षण पाए उति धेरै सुरक्षित उडान हुने कम्पनीको विश्वास रहेको र सोहीअनुसार लगानी गरिएको उल्लेख गरेको छ। 

images
images

कम्पनीले सन् २०१७/१८ मा १२ करोड रुपैयाँ लगानी गरेको थियो। त्यसपछिका वर्षहरूमा प्राविधिकहरूको नयाँ भर्ना तथा आवश्यकताका आधारमा यस्तो लगानी हुँदै आएको छ। 

बुद्धसँग अहिलेसम्म तीनप्रकारका जहाज छन्। एटीआर७२-५००, एटीआर ४२-३२० र बीचक्राफ्ट छन्। स्थापनाकालमा ल्याइएका बीचक्राफ्ट जहाज भने बुद्धले विस्थपित गरिसकेको छ। 


प्रकाशित : आइतबार, माघ ८ २०७९०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend