शनिबार, जेठ ५ गते २०८१    
images
images

ग्लोबल आईएमई र एनआईसी एसियालाई उछिन्दै नाफा कमाउनेमा पुनः नबिल बैंक पहिलो, कुनको कस्तो सूचक?

images
शनिबार, माघ ७ २०७९
images
images
ग्लोबल आईएमई र एनआईसी एसियालाई उछिन्दै नाफा कमाउनेमा पुनः नबिल बैंक पहिलो, कुनको कस्तो सूचक?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो।

images
images

काठमाडौं- ग्लोबल आईएमई र एनआईसी एसियालाई उछिन्दै सबैभन्दा धेरै नाफा कमाउनेमा पुनः नबिल बैंक पहिलो भएको छ। केही समय अगाडिसम्म ग्लोबल र एनआईसी एसियाले नबिललाई उछिन्दै आएका थिए।

images
images
images

एनआईसी एसिया बैंकले ६ महिनामा  ३ अर्ब २७ करोड नाफा गरेको छ भने पुस मसान्तसम्म ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। दुबै बैंकलाई उछिन्दै नबिलले भने ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। 

images

कुनको कस्तो सूचक? 

images
images

एनआईसी एसिया

images
images

एनआईसी एसिया बैंकले ६ महिनामा  ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो। दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको पुँजी प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्व-पुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

ग्लोबल आईएमई बैंक

पुस मसान्तसम्म ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।जुन गत आवको सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ। जसले गर्दा बैंकको नाफा बढ्न सफल भएको छ। बैंकले ६ महिनाको अवधिमा ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। बैंकको खराब कर्जा १.१३ प्रतिशतटबाट बढेर २.९२ प्रतिशत पुगेको छ।

३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ३१ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ। ४ खर्ब ३ अर्ब ६८ करोड ३६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६३ अर्ब २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको बैंकको नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ। हाल ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर एकिकृत कारोबार गरिसकेको छ।

नबिल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसमम बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रुपैयाँ रहेको छ।

३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ। 


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend