शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

नेपाल टेलिकमको 'विन्टर अफर' सार्वजनिक, कुन सेवा लिँदा कति लाग्छ खर्च?

images
images
नेपाल टेलिकमको 'विन्टर अफर' सार्वजनिक, कुन सेवा लिँदा कति लाग्छ खर्च?
images
images

काठमाडौं- नेपाल टेलिकमले पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर सार्वजनिक गरेको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई परिमार्जन गर्दै विन्टर अफर सार्वजनिक गरेको हो। विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ।

images
images
images

यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १ सय ९९ देखि  ६ सय ९९ रुपैयाँसम्मका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन्।

images

अफर अन्तर्गत ६ सय ९९ रुपैयाँ मा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

images

यसैगरी ४ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल १९ हजार ६ सय  एमबी डाटा (दैनिक ७ सय एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा रहेको छ।

images
images

यसैगरी ३ सय ४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५ सय एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको हुने टेलिकमले जनाएको छ।

साथै १ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल ४२ सय एमबी डाटा ((दैनिक १ सय ५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ।

यसै अफर अन्तर्गतका १ सय ९९ देखि ६ सय ९९ रुपैयाँ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध रहेको टेलिकमले जनाएको छ। स्टे कनेक्टेड अफर अन्तर्ग १ सय ३० रुपैयाँमा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको टेलिकमले जनाएको छ।

यसैगरी  सय र २ सयका स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। 

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराएको टेलिकमले जनाएको छ।  ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयाँ र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ।

यसैगरी पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको ३ सय ७३ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र  ३ सय ७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समाबेश गरी निरन्तरता प्रदान गरिएको टेलिकमले जनाएको छ। 

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत ५ सय ९९, ७ सय ९९, ९ सय ९९ र १ हजार ४ सय ९९ रुपैयाँका असिमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध रहेको समेत टेलिकमले जनाएको छ।

कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको ५ सय ९९ रुपैयाँको प्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ।

साथै ७ सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५ सय मिनेट कुराकानी गर्न सकिने, अल नेट २ सय वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिने टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यसैगरी ९ सय ९९ र  १ हजार ४ सय ९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४ सय वटा र १ हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुने भएको छ।

images

प्रकाशित : बुधबार, पुस २७ २०७९०१:०७

प्रतिक्रिया दिनुहोस