शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सातै प्रदेशले पायो मुख्यमन्त्री

images
images
सातै प्रदेशले पायो मुख्यमन्त्री
images
images

काठमाडौं- सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। केन्द्र सरकार निर्माणसँगै बनेको गठबन्धन दलहरूले सातै प्रदेशको नेतृत्व गर्ने भएका छन्।

images
images
images

सुदूरपश्चिममा एमालेका राजेन्द्र सिंह रावल

images

सुदूरपश्चिममा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। ५८ वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुन्। उनी हालै सम्पन्न निर्वाचनमा एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

images

यसअघि प्रदेश प्रमुख देवराज जोशीले दिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका थिए। उनलाई नेकपा माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ जना सदस्यको समर्थन रहेको छ। ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ।

images
images

कर्णालीमा माओवादीका राजकुमार शर्मा

कर्णालीमा माओवादीका राजकुमार शर्मा नियुक्त भएका छन्।

कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। 

शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य विन्दमान विष्टका अनुसार मुख्यमन्त्रीमा माओवादी केन्द्रका १३, नेकपाका १०, राप्रपा र एकीकृत समाजवादीका एक/एक गरी २५ प्रदेशसभा सदस्यको समर्थन रहेको छ। 

लुम्बिनीमा एमालेका लिला गिरी

लुम्बिनीमा एमालेका लिला गिरी नियुक्त भएका छन्। 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन्। एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका छन्। 

सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो। एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन/तीन सिट छन्। नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद रहेका छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन्। गिरीले रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभामा विजयी भएका थिए। उनी यसअघि लुम्बिनी प्रदेशको वन तथा वातावरण र उद्योगमन्त्रीसमेत बनेका थिए।

प्रदेश १ मा एमालेका हिक्मत कार्की

प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री भएका छन्।

मधेश प्रदेशमा जसपाका सरोज यादव

मधेश प्रदेशमा जसपाका सरोज यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

बागमतीमा माओवादीका शालिकराम जमकट्टेल

बागमतीमा माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री भएका छन्।

गण्डकीमा एमालेका खगराज अधिकारी

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।

सबै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशसभाबाट विश्वासको मत लिन भने बाँकी छ।

images

प्रकाशित : बुधबार, पुस २७ २०७९१२:५८

प्रतिक्रिया दिनुहोस