शनिबार, वैशाख ८ गते २०८१    
images
images

निषेधित अनलाइन गतिविधि, नियामकीय सूचनामात्र आउँछ नियन्त्रणका लागि छैन स्रोतसाधन 

images
images
निषेधित अनलाइन गतिविधि, नियामकीय सूचनामात्र आउँछ नियन्त्रणका लागि छैन स्रोतसाधन 

कमजोर संस्थागत र नियामकीय व्यवस्थाका कारणले गर्दा अवैध अन्तरदेशीय निषेधित कारोबार, गतिविधि भइरहेका छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय नियमित रुपमा एकै प्रकारको सूचना जारी गर्दै आएका छन्। 

images
images
images

बैंकिङ क्षेत्रको नियामक राष्ट्र बैंक र दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले नियमित रुपमा अनलाइन गतिविधिसँग सम्बन्धित सूचना जारी गर्दै आएका छन्। 

images

नेपाल सरकारले अवैध करार गरेका सेवा तथा गतिविधिका बारेमा यस्तो सूचना जारी हुँदै आएको छ। अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका विषयमा यी दुई नियामकले सूचना जारी गर्दै आएका छन्। 

images

यसरी हुने गतिविधि नेपालमा गैरकानूनी रहेको र यस्ता गतिविधि हुन नदिन आफ्नो नियमनको दायराभित्र रहेका संस्थाहरूलाई निर्देशनका साथै सर्वसाधारणलाई सचेत गराउने प्रायोजनका लागि सूचना जारी हुन्छ। 

images
images

नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी, नेटवर्किङ मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार भने यस्ता सूचनाले घटाउन कुनै सहयोग गरेका छैनन्। 

यस्तो सेवा दिने वेबसाइट, एप्लिकेसन तथा अनलाइन सञ्जालको विस्तार घट्नुको साटो उल्टो बढिरहेको छ। दूरसञ्चार प्राधिकरणले नै पछिल्लोपटक जारी गरेको सूचनामा यस्ता गतिविधि बढिरहेको उल्लेख गरिएको छ। 

नियामक निकायले अवैध भनेर घोषणा गरेका,नियम कानूनले निषेध गरेका गतिविधि तथा नागरिकलाई हानिकारक हुने काम कारबाही अहिले इन्टरनेटको माध्यमबाट भइरहेका छन्। 

तर यस्ता गतिविधिका बारेमा नियामकहरूले सूचना जारी गर्ने र उजुरी परेपछि नेपाली प्रहरीले आक्कलझुक्कल पक्राउ गर्नेबाहेक खासै काम भएको छैन। 

जस्तो उदाहारणका लागि फिफा विश्वकप २०२२ को अवधिभर अनलाइन बेटिङ भयो। यस्तो गतिविधिमा संलग्न भएको भन्दै एकाधलाई पक्राउ पनि गरियो। तर यस्तो गतिविधि विश्वकपको अन्तिमसम्म भयो। त्यसपछि पनि त्यस्ता गतिविधि भइरहे। 

‘प्रहरीले त सूचना तथा जानकारीका आधारमा पक्राउ गर्ने हो’ एक सम्बन्धित अधिकारीले भने। 

क्रिप्टो, हाइपर फन्डमा नेपालबाटै लगानी भएका केही केस त नेपाल प्रहरीले नै फेला पारेको थियो। तर यस्ता केसहरू भेटिने र कारबाही हुने भनेको उजुरी र म्यानुअल सूचनाकै आधारमा मात्र हो। 

तर इन्टरनेटमा हुने अवैध गतिविधिलाई नियन्त्रणका लागि त्यस्तै स्रोध साधन हुनुपर्छ। स्रोत साधानको मामिलामा सबै नियामक कमजोर छन्। 

नेपाल प्रहरीले अहिले पनि कुनै पनि कसुरमा उजुरी परेमा सम्बन्धित आरोपतिलाई ट्र्याक गर्न, कसैको हराएको डिभाइस ट्र्याक गर्न नै ३ दिनभन्दा धेरै लाग्ने गरेको छ। यो समय भनेको आरोपति व्यक्तिले सीमा नाघिसक्ने समय पनि हो। 

अपराधन अनुसन्धान तथा कारबाहीका लागि काम गर्ने नेपाल प्रहरी नै यसका लागि स्रोत साधनबाट बञ्चित रहेको छ। अहिले उपलब्ध सीमित स्रोत साधनको अधिकतम उपयोग गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राई बताउँछन्। 

‘बदमासी र ठगी स्मार्ट हुन्छ तर सोहीअनुसारको हामीसँग स्रोतसाधन पर्याप्त छैन। अहिलेसम्म हाम्रो अनुभव तथा उपलब्ध स्रोतमै काम गरिरहेका छौँ’ उनले भने। 

इन्टरनेटमा आधारित ठगी तथा निषेधित कार्य नियन्त्रणका लागि सबैभन्दा पहिला स्पष्ट नियम कानून नै छैन। त्यसपछि संस्थागत संयन्त्र छैन। कम्तिमा नियामक तथा तोकिएका ठाउँमा यसका लागि जनशक्ति छैन। 

जस्तो इन्टरनेट सेवाप्रदायकहरूलाई निषेधित वेबसाइट ब्लक गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिन्छ। तर न त्यसरी ब्लक गरिएको वेबसाइट पूर्ण बन्द हुन्छन् न त त्यसको बैकल्पिक समाधान नियामक प्राधिकरणसँग छ। 

यस्तो समस्य साधानका लागि हरेक ‍सरकारी संयन्त्र स्मार्ट र स्रोतसाधन सम्पन्न हुनुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको भनाइ छ। 

‘अनलाइन जुवातासको गतिविधि भइरहेको छ भन्ने कुरा उजुरी नआएपनि थाहा पाउने संयन्त्र र प्रविधि नेपाल प्रहरीसँग हुनुपर्‍यो। त्यस्तै बैंकिङ च्यानलबाट त्यस्ता काममा कारोबार भइरहेको छ भन्ने मनिटरिङ च्यानल राष्ट्रसँग हुनुपर्छ’ खनालले भने,‘त्यस्तै दूरसञ्चार सेवापद्रादयकको जिम्मेवारीभित्र पर्ने नियन्त्रणको बैकल्पिक समाधान तथा स्रोत हामीसँग हुनुपर्‍यो। तर यी त केही पनि भएका छैनन्।’ 

राष्ट्र बैंकले नै अवैध भनिएका कारोबारमा यदि कारोबार भएको छ भने त्यसको पहिचान गर्नसक्ने संयन्त्र र प्रविधि राष्ट्रबैंकसँग छैन। न यस्तो प्रविधि नेपाल प्रहरीसँग छ। 

कमजोर संस्थागत र नियामकीय व्यवस्थाका कारणले गर्दा अवैध अन्तरदेशीय निषेधित कारोबार, गतिविधि भइरहेका छन्।

images

प्रकाशित : बुधबार, पुस २७ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस