बुधबार, वैशाख १२ गते २०८१    
images
images

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

images
images
images
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
images
images

काठमाडौं- प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। उनको पक्षमा २ सय ६८ र विपक्षमा दुई मत परेको हो। बैठकमा २ सय ७० सांसदको उपस्थिति रहेको थियो।

images
images
images

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ।

images

उनलाई संसदमा सहभागी नेपाल मजदूर किसान पार्टी र जनमोर्चाका दुई सांसदबाहेक सबैले विश्वासको मत दिएका हुन्।

images

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

images
images

स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिएका छन्।

images

प्रकाशित : मंगलबार, पुस २६ २०७९११:३९

प्रतिक्रिया दिनुहोस