बुधबार, कात्तिक १४ गते २०८१    
images
images

अन्तरिक्षमा 'मिश्रित बिजनेस पार्क' बनाउँदैछन् जेफ बेजोस

images
मंगलबार, पुस २६ २०७९
images
images
अन्तरिक्षमा 'मिश्रित बिजनेस पार्क' बनाउँदैछन् जेफ बेजोस

मिश्रित बिजनेस पार्क निर्माण हुने र यो परियोजनाको नाम अर्बिटल रीफ हुने छ। होटल रेष्टुरेन्ट तथा अनुसन्धान केन्द्रको सुविधा हुनेछ। 

images
images

काठमाडौं- विज्ञान र प्रविधिमा भइरहेको विकासले असम्भव देखिने कयौं कामलाई सम्भव बनाइदिएको छ। एक वर्षमै अद्भूत उत्पादन र विकास देखिने गरेका छन्। 

images
images
images

यस्तै एउटा अद्भूत परियोजनामा काम गरिरहेका छन् अमेजनका संस्थापक अर्बपति व्यापारी जेफ बेजोस। बेजोसको कम्पनी ब्लू ओरिजले सियरा स्पेससँगको साझेदारीमा अन्तरिक्षामा बिजनेस पार्क बनाउने परियोजनामा काम गरिरहेको छ। 

images

अमेजन तथा विश्वाविद्यालयहरूसमेत सहभागी यो परियोजना यदि सफल भयो भने यो दशको अन्त्यसम्म पृथ्वीभन्दा २५० माइल माथि पनि पृथ्वीजस्तै अर्थव्यवस्था सञ्चालन हुने छ। लो अर्थ अर्बिटमा रेष्टुरेन्ट खुल्ने छ र समग्रमा एउटा अर्थतन्त्रको निर्माण हुने छ। 

images

cheegar.webp

मिश्रित बिजनेस पार्क निर्माण हुने र यो परियोजनाको नाम अर्बिटल रीफ हुने छ। होटल रेष्टुरेन्ट तथा अनुसन्धान केन्द्रको सुविधा हुनेछ। 

यो बिजनेस पार्कको मुख्य बाहक हुनेछ ड्रिम चेजर। सुपरसोनिक अन्तरिक्ष जहाज सयरा स्पेसले अहिले विकास गरिरहेको छ। बूल ओरिजन र सयरा स्पेसले सन् २०२७ मा अर्बिटल रीप खोल्ने सुरुवाति लक्ष्य लिएका छन्। 

पर्यटक अवलोकन सुविधासहितको मिश्रित पार्कको डिजाइन भइरहेको छ। गएको वर्ष नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा कार्गो आपूर्तिका लागि सियरा स्पेसले नासाबाट ३ अर्ब डलरको परियोजना पाइसकेको छ। 

अर्बिटल रीफको मुख्य बाहक ड्रिम चेजरको कम्तिमा साटपटक परीक्षण हुनेछ। र यसको मानवसहितको मिशन तीन वर्षपछि हुनेछ। ड्रिम चेजरलाई १५ पटकसम्म प्रयोग गर्न सकिनेछ। १२ हजार पाउन्ड कार्गो बहन गर्नसक्ने यो अन्तरिक्ष जहाजले १२ जना मान्छे बोक्नसक्ने छ। यो जहाज कुनै पनि व्यावसायिक धावनमार्गमा उडान तथा अवतरण गर्न सकिनेछ। 

reef.webp


प्रकाशित : मंगलबार, पुस २६ २०७९०४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend