सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

ग्वार्काेमा फ्लाइओभर निर्माण माघ पहिलो सातादेखि सुरु हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २१ २०७९
images
images
ग्वार्काेमा फ्लाइओभर निर्माण माघ पहिलो सातादेखि सुरु हुने
सांकेतिक तस्बिर।

फ्लाइओभरको उचाइ छ मिटर हुनेछ भने बालकुमारीतर्फ दुई सय ८० मिटर लामो ‘र्‍याम’ र सातादोबाटोतर्फ एक सय ७५ मिटर लामो ‘र्‍याम’ बनाइनेछ।

images
images

काठमाडौं- ललितपुरको ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ। हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताए। 

images
images
images

'हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ', उनले भने, 'अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो।' केही सामानहरु आयात हुन बाँकी रहेकाले सामान ल्याउने काम भइरहेको उनले बताए। 

images
images

फ्लाइओभर निर्माण अवधि १४ महिना तोकिएको छ। यस क्षेत्रमा पर्ने सडक बिस्तार गरी १० लेन बनाइए पनि ट्राफिक जामको समस्या समाधानका लागि फ्लाइओभर बनाउन लागिएको हो। हाल यस क्षेत्रमा चार लेनको मुख्य सडक, सर्भिस लेन र त्यसभन्दा बाहिर दुवैतर्फ एक/एक लेन छन्। 

images
images
images

सबैभन्दा बाहिरी लेनमा हाल सवारी साधन पार्किङ भइरहेकाले त्यसलाई हटाएर नियमित सवारी सधान गुड्ने बनाउनुपर्ने सूचना अधिकारी बज्राचार्यको भनाइ छ। उक्त लेन सञ्चालन गरी मोटरसाइकल सञ्चालन गर्न सकिने उनले बताए। 

फ्लाइओभरको उचाइ छ मिटर हुनेछ भने बालकुमारीतर्फ दुई सय ८० मिटर लामो ‘र्‍याम’ र सातादोबाटोतर्फ एक सय ७५ मिटर लामो ‘र्‍याम’ बनाइनेछ। कुल चार सय ९० मिटर लम्बाइको  फ्लाइओभरमा ‘सुपर स्ट्रक्चर’ ३५ मिटर हुनेछ।

फ्लाइओभर सञ्चालनमा आएपछि मङ्गलबजार– इमाडोल– मङ्गलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन् भने चक्रपथमा गुड्ने सवारी साधन पुलमाथिबाट गुड्नेछन्। रासस


प्रकाशित : बिहीबार , पुस २१ २०७९०९:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend