शुक्रबार, जेठ ४ गते २०८१    
images
images

विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुने अवस्था आयो : सेवाप्रदायक 

images
सोमबार, पुस १८ २०७९
images
images
विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुने अवस्था आयो : सेवाप्रदायक 

निर्वाध सेवा सञ्चालनको वातावरण नभएको सेवाप्रदायकहरूले बताएका छन्। 

images
images

काठमाडौं- इन्टरनेट सेवाप्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारणले सेवा अवरुद्ध हुने अवस्था आएको प्रतिक्रिया दिएका छन्। सरकारले अत्यावश्यक सेवाको रुपमा परिभाषित गरेको र कुनै पनि समय अवरुद्ध गर्न नपाइने भनिएपनि सरकारी स्वामित्वकै प्राधिकरणका कारणले सेवा अवरुद्ध हुने अवस्था आएका प्रतिक्रिया दिएका छन्। 

images
images
images

इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणले देशका विभिन्न ठाउँमा तार काट्ने काम गरेको र यसबाट धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भइरहेको र यसैगरि तार काट्ने काम तीव्र भए देशभर इन्टरनेट ब्ल्याकआउट हुनसक्ने चेतावनी दिएका छन्। 

images

निर्वाध सेवा सञ्चालनको वातावरण नभएको सेवाप्रदायकहरूले बताएका छन्। 

images
images

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल इन्टरनेट सेवाप्रदायक संघले प्राधिकरणले यसअघि सरकारी अध्ययत समिति तथा सरकारकै निर्देशन विपरीत गएर जबरजस्ती भाडा सम्झौताका लागि ताकेता गरेको र त्यसो नमान्ने वित्तिकै तार काट्ने काम गरिरहेको आरोप लगाएका छन्। 

images
images

प्राधिकरणले गत वर्षमात्र इन्टरनेट सेवाप्रदायकले  तार तथा पोल उपयोग गरेबापतको भाडा निर्धारण गरेको थियो। सात गुणासम्म भाडा बढाएपछि यसको लागत उपभोक्तामा सर्ने र सेवा महंगो हुने उनीहरूले बताउँदै आएका छन्। 

पोल भाडाकै कारणले इन्टरनेटको मूल्य बढ्ने भएपछि दूरसञ्चार प्राधिकरणको समुन्वयमा गत वर्ष एक उच्चस्तरीय अध्ययन समिति बनेको थियो। उक्त समितिले “आ.व २०७५-७६, २०७६-७७ को भाडा (घटेको दर/रेटमा) लिनुपर्ने । नयाँ भाडादर कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरु बसी निर्कोल गर्न सुझाव दिएको थियो। 

उक्त प्रतिवेदन अनुसार नै भाडा तय भएपछि मात्र नयाँ सम्झौता गर्ने अडानमा सेवाप्रदायकहरू छन्। तर प्राधिकरण भने आफूले निर्धारण गरेको पछिल्लो भाडादरमै यसअघिका २ वर्षको भाडा तिरेर नयाँ सम्झौता गर्न ताकेता गरिरहेको छ। यसरी सम्झौता नगर्नेहरूको तार काट्ने काम गरिरहेको छ। 

प्राधिकरणले हाल काठमाण्डौँ, बिराटनगर, इनारुवा, काँकडभित्ता, गौरीगंज, पोखरा, धरान, खोटाङ्ग, सुर्खेत, कैलाली, बुटवल], टिकापुर, अतरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा तार काटिरहेको संघले जानकारी दिएको छ। 

प्राधिकरणका कारणले तार काटेका ठाउँमा मात्र नभएर अरु ठाउँमा पनि सेवा प्रभावित भइरहेको र यसको जिम्मेवारी उसैले लिनुपर्ने संघले प्रतिक्रिया दिएको छ। 


प्रकाशित : सोमबार, पुस १८ २०७९१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend