मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

कालीगण्डकीमा पुल निर्माण अलपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १६ २०७९
images
images
कालीगण्डकीमा पुल निर्माण अलपत्र

पुल निर्माण स्थलको बौँदीकाली-३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन। गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ। 

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका-३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन। नवलपुरको बौदीकाली गाउँपालिका-३ रकुवा र तनहुँको घिरिङ सुन्धारा-१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो। 

images
images

विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको  थियो। तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ। पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताए।

images
images

पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ। दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उनले बताए। पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई  विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताए। 'पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छौँ, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छौँ, पुल निर्माण चाँडो होस् भन्ने छ', बास्तोलाले भने। 

images
images
images

पुल निर्माण स्थलको बौँदीकाली-३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन। गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ। 

सरकारले काममा लापर्बाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताए।

पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन्। कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत २२ करोड ९८ लाख रहेको छ। पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ। पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ। रासस 


प्रकाशित : शनिबार, पुस १६ २०७९०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend