सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सहरी क्षेत्रमा आधा फोहर व्यवस्थापन हुँदैन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
सहरी क्षेत्रमा आधा फोहर व्यवस्थापन हुँदैन

यसरी संकलन भएको फोहरमध्ये जम्मा ४ प्रतिशतमात्र पुन:प्रशोधन हुने गरेको छ। 

काठमाडौं- सहरी क्षेत्रको विस्तार तथा बढ्दो सहरी जनसङ्ख्याका कारण प्रत्येक वर्ष नेपालमा फोहर उत्पादन बढ्दै गएको छ। फोहर बढ्दै जाँदा वातावरणीय प्रदूषण रोक्नका लागि पर्याप्त कदम नचाल्दा समस्या पनि बढ्दै गएको छ। 

केन्द्रीय तथ्यांक विभागको एक अध्ययन अनुसार नेपालका सहरी क्षेत्रमा उत्पन्न हुने फोहरमध्ये ४८ प्रतिशतमात्र ल्यान्डफिल साइटमा जाने गरेको छ। बाँकी ५२ प्रतिशत भने अव्यवस्थित रूपमै छरपष्ट हुने गरेको पाइएको छ। 

२०७६ सालमा गरिएको सर्वेक्षणअनुसार नेपालमा वार्षिक एउटा नगरपालिकामा २ हजार २३२ टन फोहर उत्पन्न हुने गरेको देखिन्छ। प्रदिनदिन ६ टन उत्पादन हुने गरेपनि यसको व्यवस्थापन भएको पाइएको छैन। 

कूल फोहरमध्ये सबैभन्दा बढी जैविक फोहर रहेको छ। ५४ प्रतिशत जैविक, ३३ प्रतिशत अजैविक र १२ प्रतिशत अन्य फोहर हुने गरेको उक्त अध्ययनले देखाएको छ। 

यसरी संकलन भएको फोहरमध्ये जम्मा ४ प्रतिशतमात्र पुन:प्रशोधन हुने गरेको छ। 

प्रत्येक वर्ष बढ्दै गएको फोहरको व्यवस्थापन नगर्दा वातावरणमा चुनौति थपिँदै गएको अध्ययनको निष्कर्ष छ। अध्ययन अनुसन्धान तथा प्रविधिको अधिकतम उपयोग गरी फोहरमैला व्यवस्थापन गर्नुपर्ने अध्ययनले निष्कर्ष निकालेको छ। 
 


प्रकाशित : बिहीबार , असोज २८ २०७८०४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend