बिहीबार , वैशाख १३ गते २०८१    
images
images

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड, आज शपथ

images
images
images
तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड, आज शपथ
images
images

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।

images
images
images

संविधानको धारा ७६ को ९२० अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीको शपथ आज सोमबार दिउँसो ४ बजे हुने छ। 

images

यसअघि प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १ सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए। राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन्। 

images

प्रचण्ड यसअघि २०६५ मा ९ महिना र २०७३ मा ९ महिना प्रधानमन्त्री बनेका थिए।

images
images

images

प्रकाशित : सोमबार, पुस ११ २०७९०१:४९

प्रतिक्रिया दिनुहोस