बिहीबार , जेठ ३ गते २०८१    
images
images

इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ सम्पन्न, साउथ एसिया स्टार्टअप अवार्डसहित १४ विधामा अवार्ड वितरण

images
आइतबार, पुस १० २०७९
images
images
इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ सम्पन्न, साउथ एसिया स्टार्टअप अवार्डसहित १४ विधामा अवार्ड वितरण
images
images

काठमाडौं- सातौँ संस्करणको इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ गत शुक्रवार द सोल्टी काठमाडौंमा सम्पन्न भएको छ। एक हजार बढी विशिष्ट व्यत्तिहरूको उपस्थितिमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा साउथ एसिया स्टार्टअप आईसीटी अवार्डसहित १४ विधामा सर्वोत्कृष्टहरूलाई अवार्ड वितरण गरिएको छ।

images
images
images

लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ। यस वर्ष पहिलो पटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर साउथ एसिया स्टर्टाअप आईसीटी अवार्ड २०२२ को आयोजना गरिएको थियो। उक्त विधामा भारत बैंङ्लोरको टेक फोर बिलियन कम्पनीले अवार्ड प्राप्त गरेको छ। विभिन्न ५ देशहरूबाट उत्कृष्ट ५ स्टार्टअपहरू अवार्डमा सहभागी हुन नेपाल आएका थिए।

images

यस वर्ष इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ अन्तर्गत नेपाली डायस्पोरा आईसीटी अवार्ड डा. वेद काफ्लेले प्राप्त गरे भने आन्टरप्रेनर अवार्ड मंगेशलाल श्रेष्ठले जितेका छन। त्यसैगरी नेपाल टेलिकम पायोनियर आईसीटी अवार्ड विजयकृष्ठ श्रेष्ठ र एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२ शिला कंसकार कार्कीले प्राप्त गरेकी छन।

images
images

यस वर्षको डिजिटल गर्भनेन्स आईसीटी अवार्ड वैदेशिक रोजगार विभागले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२२ फोनपे डिजिटलले प्राप्त गरेको छ। डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर) ज्ञानोदय विद्यालय वाफलले प्राप्त गरेको छ भने डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइवेट सेक्टर) ज्ञानोदय बालबाटिक विद्यालय, खोकनाले जितेको छ।

images
images

यस वर्षको ह्वावे स्टार्टअप आईसीटी अवार्ड मोनाल टेकले प्राप्त गरेको छ। प्रडक्ट आईसीटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२२ मेरो कारोबार एपले प्राप्त गरेको छ। यसैगरी यस वर्षको पब्लिक च्वाइस आईसीटी अवार्ड बिआइसी टेक्नोलोजी (टिग)ले प्राप्त गरेको छ। यस वर्ष जुरीले कक्षा १० मा अध्ययनरत विद्यार्थी दिक्षान्त पाण्डेलाई जुरी मेन्सन आईसीटी रिकग्निसन २०२२ बाट सम्मान गरेका छन।

आईसीटी अवार्ड २०२२ को क्रममा आयोजकले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्टको आयोजना गर्दै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपहरूलाई अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा सम्मान गरेको छ। जस अनुसार, प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक न्युट्री फुड, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको हो।

अवार्ड वितरण कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, सचिवहरू डा. बैकुण्ठ अर्याल, केवल प्रसाद भण्डारी, मधु मरासिनी, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले विजेतालाई अवार्ड वितरण गरेका थिए। यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, संघिय सरकारका सांसदहरू ठाकुर गैरे, महेश बर्तौला, शिशिर खनाल, मनिष झाको पनि उपस्थिती रहेको थियो । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, डिप्युटी गर्भनर बम बहादुर मिश्र, पूर्वमन्त्री गणेश शाह लगायतका विशिष्ट व्यत्तिहरूले विजेतालाई अवार्ड प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव बैरागीले आईसीटीको क्षेत्रमा अझ धेरै गर्न बाकि रहेको भन्दै दुरदराजसम्म प्रविधिलाई सहज पहुच पुर्याउदै विकास र उन्नत जिवनशैलीको लागि काम गर्नुपर्ने बताए। त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.अर्यालले आईसीटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको भन्दै बिजेतालाई सिंहदरवार निमन्त्रणा गरेका छन।

आईसीटी अवार्डले नयाँ नयाँ इन्नोभेसनलाई प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए। त्यस्तै इन्फोडेभलपर्सका ग्रपु अध्यक्ष सञ्जिब राजभन्डारीले नेपालले इन्टेलुक्चुअल प्रर्पटीमा पनि काम गर्नुपर्ने सुझाव दिए। उनले पुपरी सफ्टवेरलाई इन्फोडेभलपर्सको सहकार्यमा नयाँ ढंगले विस्तार गर्ने तयारीमा रहेको जानकारी दिए।

यसैगरी काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन् । काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको समेत जानकारी दिइन्। प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफुले पहल गर्ने बताए ।

यस वर्ष इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसमा ५५० बढिको अनलाइन नोमिनेश प्राप्त भएको थियो। १३ जना स्वदेशी र ३ जना अन्तराष्ट्रिय विज्ञ जुरीले २५ वटा बढि मिटिङहरू सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए। विगत ६ महिनाको आईसीटी अवार्डको छनौट प्रकृयाको क्रममा आयोजकले १० भन्दाबढि प्रि इभेन्ट क्याम्पियनहरू आयोजना गरेको अध्यक्ष राजन लम्सालले बताए।

ग्राण्ड फिनाले कार्यत्रलम कान्तिपुर टेलिभिजन सहित विभिन्न टेलिभिजन, अनलाइन र डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रशारण गरिएको थियो। ग्राण्ड जुरी तथा स्टार्टअपहरूको पिचिङ सेसनलाई विभिन्न ४ विशेष श्रृंखलाहरू टेलिभिजनमा प्रशारण भएको थियो। 

इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन प्रायोजकको रूपमा रहेका छन् ।

विश्वप्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन् । यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । यसैगरी कार्यक्रमको आईटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, एडटेक पार्टनरमा वेद, एआई टेक पार्टनरमा फ्युज मेसिन्स, डेटा सेन्टर एण्ड क्लाउड पार्टनरमा सिल्भर लाइनिङ लगायतको सहकार्य रहेको थियो।

यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२२ का विजेता र उत्कृष्ट ५ ले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट प्राप्त गरेका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आईसीटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद पुरस्कार दिएको छ।

यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा २ लाख रुपैयाको क्लाउड सर्पोट प्याकेज दिएको छ। अन्य स्पोन्सर तथा सहयोगी सस्थाहरूले विभिन्न किसिमले सेवाहरू निशुल्क प्रदान गरेका छन्। स्टार्टअप, प्रडक्ट र आइडियाहरूको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरू सञ्चालन हुने छन्।

यि हुन आईसीटी अवार्ड २०२२ का विजेताहरू :

  • ह्वावे स्टार्टअप आईसीटी अवार्ड: मोनाल टेक प्रालि
  • प्रडक्ट आईसीटी अवार्ड: गल्ली म्याप्स
  • राइजिङ स्टार आईसीटी अवार्ड: मेरो कारोबार
  • पब्लिक च्वाइस आईसीटी अवार्ड : बिआइसि टेक्नोलोजी (टिग)
  • डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर): ज्ञानोदय बाल बाटिका स्कुल, खोकना
  • डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर): ज्ञानोदय माध्यमिक विद्यालय, बाफल
  • एनसेल वुमन आइकन आईसीटी अवार्ड: शिला कंसाकार कार्की
  • नेपाल टेलिकम पायोनियर आईसीटी अवार्ड: विजय कृष्ण श्रेष्ठ
  • आन्टरप्रेनर आईसीटी अवार्ड: मंगेशलाल श्रेष्ठ
  • नेपाली डायस्पोरा आईसीटी अवार्ड: डा. वेद काफ्ले
  • डिजिटल सर्भिसेस आईसीटी अवार्ड: फोनपे पेमेन्ट सर्भिसेस लिमिटेड
  • डिजिटल गभर्नेन्स आईसीटी अवार्ड: बैदेशिक रोजगार विभाग
  • साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड: टेक फोर बिलियन (चिंगारी)
  • जुरी मेन्सन आईसीटी रिकग्निसन: दिक्षान्त पाण्डे (पाइथन भ्वाइस असिस्टेन्ट)

सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरू (प्रदेश १ देखि सुदुरपश्चिमसम्म क्रमश) :  क्युरा हेल्थ, इजिइट्स, नलेज एक्सचेन्ज, स्वस्तिक न्युट्री फुड, फरिद डटकम(एम सेक्युरिटी), सुर्खेत सफ्ट र पाथिभरा सेन्सर सोलुसन उद्योग


प्रकाशित : आइतबार, पुस १० २०७९०२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend