शुक्रबार, वैशाख २१ गते २०८१    
images
images
पर्यटन दशकका लागि राणनीति सार्वजनिक

१० वर्ष भित्र वार्षिक ३५ लाख पर्यटक भित्र्याउँदै १० लाखलाई रोजगारी

images
images
images
१० वर्ष भित्र वार्षिक ३५ लाख पर्यटक भित्र्याउँदै १० लाखलाई रोजगारी

आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकको अवधारणा अघि सारेको थियो। 

images
images

काठमाडौं- सरकारले सन् २०२३ देखि २०३२ सम्मका लागि पर्यटन दशक कार्यन्वयनका लागि रणनीति सार्वजनिक गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा सन् २०३२ सम्म ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

images
images
images

पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई ‘रिकभरी प्लान’ अन्तर्गत कार्यदल गठन गरिएको थियो। सरकारले घोषणा गरेको पर्यटन दशकलाई कार्यन्वयन गर्नका लागि रणनीति पर्यटन क्षेत्रका विज्ञहरूले प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा प्रत्येक वर्ष प्रदेश वर्ष मनाउन सुझाव दिइएको छ। कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरि मुलुकको दिगो आर्थिक विकासका लागि पर्यटन भन्ने अवधारणालाई आत्मसात गरेको समेत जनाको छ। 

images

कोभिड – १९ को महामारीले विगत दुई वर्ष विश्वको समग्र अर्थतन्त्र र खासगरी पर्यटन उद्योगलाई प्रभाव पारेको सन्दर्भमा यसबाट नेपाल पनि अछुतो रहन सकेन। कोभिडकै कारण नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० समेत प्रभावित भयो । कोभिडपछि नेपालको पर्यटन विस्तारै चलायमान बन्दै गइरहेको छ। 

images

यद्यपि सामान्य रुपमा आउन अझै केही समय लाग्ने देखिन्छ। कोभिडले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रुपमा केही गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३२ लाई नेपाल पर्यटन दशकको अवधारणा अघि सारेको थियो। 

images
images

पर्यटनमन्त्रीका रुपमा कार्यभार सम्हाल्ने क्रममा नै पर्यटनलाई लयमा फर्काउन ‘रिकभरी प्लान’ आवश्यक रहेको महसुस गरी मन्त्रालयले ७३ बुँदे कार्ययोजना समेत घोषणा गरेर पुनरुत्थानको लागि विभिन्न कार्यक्रमहरू भइरहेका छन्। कुनै एउटा वर्षलाई मात्र केन्द्रित गरेर कार्यक्रम गर्नु भन्दा क्रमिक रुपमा सबै प्रदेश र सिंगो देशले पनि केही कार्यक्रम गदै जादाँ पर्यटन चलायमान हुने र कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रबर्द्धन गर्ने कार्य यसबाट हुने अपेक्षा छ।
 

यही अपेक्षा अनुरूप मन्त्रालयले नेपाल पर्यटन दशक २०२३–२०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरु सम्मिलित कार्यदल गठन गरेको थियो। कार्ययोजनाको खाकाले देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्‍याउने, तत्पश्चात पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको बृद्धि गरी सन २०३२ सम्ममा संख्या ३५ लाख पुर्‍याउने , र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

यसका साथै प्रति  पर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पु¥याउनुका साथै देशको कुल ग्राह्स्थ उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य छ।

 यी लक्ष्यप्राप्त गर्न संस्थागत सुदृढस्करण,पूर्वाधार  स्तरोन्नती,लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढिकरण तथा विस्तार, पर्यटन प्रर्वद्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास,आन्तरिक पर्यटन प्रवद्र्धन,पर्यटन उपज विकास तथा विस्तार विस्तार एवं विविधिकरण,कोभिडपछिको पर्यटन पुुनरुत्थान तथा पुर्नजागरण गर्दै देशैभरी पर्यटन प्रवद्धैनका लागि प्रादेशिक तथा राष्ट्रिय स्तरका अधियान सञ्चालन गरिने छ।

 

images

प्रकाशित : शुक्रबार, पुस ८ २०७९१०:३४

प्रतिक्रिया दिनुहोस