आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको प्रदर्शन उडान

images
बिहीबार , पुस ७ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको प्रदर्शन उडान
images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको प्रदर्शन उडान सफलता पुर्वक सम्पन्न भएको छ। विमानस्थलमा आज यती एअरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

images
images
images

एयरलाइन्स दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भरेर पोखरा उपत्यकालाई एक फन्को मारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ तर्फबाट २ः२७ मा अवतरण भएको थियो। ९ एन-एएनसी कल साईन भएको एटिआर ७२ बिमान पहिलो पटक विमानस्थलमा अवतरण गर्दा उपस्थित सबैले ताली बजाएर स्वागत गरेका थिए। बिमानलाई वरिष्ठ तथा प्रशिक्षक  चालकहरु क्या। प्रमोदराज पौडेल र क्या। कमल केसीले उडाएका थिए।

images
images

प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनेको र आवसश्यक सम्पूर्ण यन्त्र उपकरण जडान भएको बिमानस्थलबाट आगामी दिनमा सेवा दिन पाउनु सबै वायुसेवाको लागि खुसिको कुरा रहेको  एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ। 

images
images

प्रदर्शन उडानमा पोखराका पर्यटन व्यवसायी, उद्योगी, निजी क्षेत्रका प्रतिनिधि, पत्रकारहरु तथा नागरिक उड्ड्यन प्राधिकरण का अफिसियल लगायतको सहभागीता रहेको थियो।


प्रकाशित : बिहीबार , पुस ७ २०७९१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend