शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

बुद्धएयरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टेष्ट उडान सम्पन्न, व्यवसायिक उडान जनवरी १ बाट

images
images
images
बुद्धएयरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टेष्ट उडान सम्पन्न, व्यवसायिक उडान जनवरी १ बाट

बुध्द एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरुको रात्री बिसान पनि गर्दैछ। अर्थात् अब पोखराबाट पनि विभिन्न गन्तव्यहरुम पहिलो उडान हुने भएको छ।

images
images

पोखरा- बुध्द एयरले  बिहीबार २२ डिसेम्बरका दिन पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान परीक्षण सम्पन्न गरेको छ।

images
images
images

बुध्द एयरले उडान सञ्चालन गरिरहेको पोखरा गन्तव्य उसको लागि सधै विशेष रहेको छ। १-२ उडानबाट सुरु गरेको बुध्द एयरको उडान अहिले करिब डेढ दर्जन पुगिसकेको छ। आउने समयमा अझै उडानहरु थपिने बुध्द एयरको विश्वास रहेको छ। पोखरा र बुध्द एयर एक अर्काका परिपूरक भइसकेको छ।
 
सहज बन्दै हवाई यात्रा

images

पोखरा र वरिपरि जिल्लाका साधारण यात्रुको रोजाई हवाई उडान भएको छ। अहिले दिनमा झण्डै ३ हजार हराहारीमा सर्वसाधारण, पर्यटकको आउजाउ हवाई उडानबाट भएको तथ्यांकले नै पुष्टि गर्छ। नयाँ विमानस्थलबाट हवाई उडान अझ बढि सुविधामय हुने सबैको ठम्याई रहेको छ।
 
रात्री बिसान

images

बुध्द एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरुको रात्री बिसान पनि गर्दैछ। अर्थात् अब पोखराबाट पनि विभिन्न गन्तव्यहरुम पहिलो उडान हुने भएको छ।
 
आर्थिक गतिविधिका परिपूरक

images
images

बुध्द एयर सदैव गण्डकी प्रदेशको आर्थिक उन्नतीकालागि सरोकारवाला होटल, ट्राभल, ट्रेकिङ, माउण्टेनियरिङ एजेन्ट, र अरु सहासिक खेलकुदसँग सहकार्य गर्दै आएको छ। माइक्रो लेभलबाट हेर्ने हो भने यात्रु बढ्नु भनेको किसानको उत्पादनले सहि मूल्य, चियापसल तथा गाडी तथा स-साना उद्यमीहरुलाई पनि उत्तिकै फाईदा पाउनु हो।

कोभिडपछि सिथिल भएको पर्यटनलाई चलायमान बनाउन बुध्द एयरले सुरुका दिनमा कोभिड विरुद्धका उपाय सावधानिका साथ अपनाई सबैसँग सहकार्य गरेको थियो। फलस्वरुप देशैभरबाट यात्रुहरुको आउजाउ निकै वृद्धि भएको विभिन्न तथ्यांकले प्रमाणित गरेकै छ।

पोखरा र वरिपरिका जिल्लावासीलाई हवाई उडान सर्वसुलभ बनाउन बुध्द एयरले नेपाली र भारतीय भाडादरलाई निरन्तर सहज र सरल बनाएको छ।
 
अन्तरप्रदेशीय उडान

आज बुध्द एयर काठमाडौंबाट मात्र नभई प्रादेशीक उडानबाट पनि पोखरालाई सिधैं जोडेका छ। बोर्डर नजिकै रहेको भारतीय सहरहरुबाट पनि यात्रुको आउजाउ सुरु भएको छ। जस्तै झापाको चन्द्रगढीबाट वेस्ट बंगाल, सिक्किम, भैरहवाबाट गोरखपुर तथा नेपालगञ्जबाट लखनउका यात्रु आउजाउ गरिरहेका छन्।
 
अन्तर्राष्ट्रिय उडान

बुध्द एयर पोखरालाई भारतको धार्मिक पर्यटकीय नगरी काशी–वाराणसीलाई जोड्ने कार्य सुरु गरेको छ। यसकालागि सम्बन्धित ठाउँहरुमा पत्राचार गरिसकेको छ। बुध्द एयरले अहिले वेट एण्ड वाच स्थितिमा रहेको छ। बुध्द एयर पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्न आतुर रहेको विज्ञप्तिमार्फत जनाएको छ। यसपछि अनुमति पाएको खण्डमा क्रमशः दिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यमा उडान भर्नेछ।

अन्तर्राष्ट्रिय उडानका लागि ठूला जहाज अर्थात् जेटबाट सम्भाव्यताको बुध्द एयरले नजिकबाट गृहकार्य गरिरहेको छ।

images

प्रकाशित : बिहीबार , पुस ७ २०७९१०:०८

प्रतिक्रिया दिनुहोस