आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी खोज्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कस्तो सवारी पार्किङमा कति लिन पाइन्छ शुल्क?

images
बुधबार, पुस ६ २०७९
images
सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी खोज्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कस्तो सवारी पार्किङमा कति लिन पाइन्छ शुल्क?

सवारी पार्किङ शुल्क संकलनका लागि छनोट हुने कम्पनीले पनि विमानस्थल सेवा शुल्क नियमावलीमा तोकिएको भन्दा बढी रकम लिन पाउँदैन्।

images
images

काठमाडौं- जेठदेखि सञ्चालनाम आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल क्षेत्रमा रहेको सवारी पार्किङ क्षेत्र भाडामा दिन कम्पनी छनोट प्रक्रिया सुरू गरेको छ।

images
images
images

विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन तर्फको ५ हजार ७ सय ४७ दशमलब ३९ वर्ग मिटर पार्किङ क्षेत्रमा सवारीसाधन विसान सेवा शुल्क उठाउनका लागि कम्पनी छनौट गर्न लागेको हो।

images
images

कार्यालयले पार्किङ शुल्क उठाउनका लागि कम्पनी छनोटका लागि पहिलो पटक मंसिर १५ गते सुचना गरेको थियो। तर कुनै पनि कम्पनीले चासो नदिएपछि पुन: सुचना प्रकाशन गरेको हो।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर १ गतेबाट लागु हुने गरी विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार विमानस्थल क्षेत्रमा रहेको पार्किङ क्षेत्रमा पार्किङ गर्दा लाग्ने शुल्क तय गरेको थियो। सोही आधारमा कार्यालयले सवारी पार्किङ शुल्क संकलनका लागि कम्पनी छनोट गर्न लागेको छ।

तर पार्किङ शुल्क मंहगो भएका कारण पहिलो पटकको सुचनाका कसैले पनि चासो नदिएको कार्यालय स्रोतको भानाइ छ।

सवारी पार्किङ शुल्क संकलनका लागि छनोट हुने कम्पनीले पनि विमानस्थल सेवा शुल्क नियमावलीमा तोकिएको भन्दा बढी रकम लिन पाउँदैन्।

प्राधिरकणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मोटरसाइकल एक न्युनतम एक घण्टासम्मको पार्किङ शुल्क नै ३० रुपैयाँ तोकेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कस्तो सवारी पार्किङ शुल्क कति?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकल/स्कुटर र रिक्सा एक घण्टासम्म पार्किङ गर्दा सवारी धनीले ३० रुपैयाँ तिर्नु पर्ने छ। यसैगरी प्रतिदिन पार्किङमा १ सय ८० रुपैयाँ तिर्नु पर्नेछ।

यसैगरी कार/जिप/लिमोजिन/ टेम्पो पार्किङमा प्रतिघण्टा ६० रुपैयाँ र प्रतिदिन ३ सय ६० रुपैयाँ सवारी धनीले तिर्नु पर्नेछ।

साथै हल्का सवारी साधन (मिनिबस र माइक्रोबस)को प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४ सय ८० रुपैयाँ सवारी धनीले तिर्नु पर्छ। यसैगरी बस, ट्रक (ग्रहौ सवारी साधन)को प्रतिघण्टा १ सय २० रुपैयाँ र प्रतिदिन ७ सय २० रुपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, पुस ६ २०७९०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend