मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेकालाई पनि अब सामाजिक सुरक्षा योजना

images
मंगलबार, पुस ५ २०७९
images
images
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेकालाई पनि अब सामाजिक सुरक्षा योजना

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नको लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेकोभन्दा अघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने विषयसमेत कार्यविधिमा उल्लेख छ।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने भएको छ। यसका लागि कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ जारी गरेको छ।

images
images
images

कोषले कृषि, यातायात, निर्माण वा घरेलु कामदारबाट अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा ल्याउन लागेको हो। अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्नेगरि कार्यविधि जारी गरेको छ।

अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा हुने छ।

images

कोषमा प्राप्त योगदानको रकमलाई कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजनाको लागि १०.३७ प्रतिशत, वृद्धावस्था सुरक्षा योजनाको लागि १० प्रतिशत गरी बाँटफाँड गर्न कार्यविधिमा उल्लेख छ।

images

स्वरोजगारमा रहेका व्यक्तिले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिक देखि अधिकतम यसको तीन गुणासम्मको रकमको ३१ प्रतिशत रकम योगदान गर्नु पर्नेछ। त्यस्तो रकम कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लागि एक दशमलव चालीस प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाको लागि शून्य दशमलव सत्ताइस प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाको लागि अठाईस दशमलव तेतिस प्रतिशत बाँटफाँड हुने कार्यविधिमा उल्लेख छ।

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नको लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेकोभन्दा अघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने विषयसमेत कार्यविधिमा उल्लेख छ।

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नको लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा एकसय असी महिना योगदान गरेको हुनु पर्ने छ।

कार्यविधिमा औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजनामा औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना र योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना समावेश गरिएको छ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क, रोगको परीक्षण तथा उपचार वापतको खर्च र औषधिको बिल बमोजिमको खर्च पाउँनेछन्।

यसैगरी, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी गर्भवति भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च अस्पताल भर्ना भई प्रसूतिसम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचार बापतको खर्च पनि पाउने कार्यविधिमा उल्लेख छ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा औषधि उपचार गर्दा लागेको खर्च स्वास्थ्य सुविधा वापत प्रदान गरिनेछ र त्यस्तो रकम सम्बन्धित अस्पताललाई सिधै भुक्तानी गरिने विषय कार्यविधिमा उल्लेख छ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्ति वा त्यस्ता योगदानकर्ताको पत्नी तथा नवजात शिशुको उपचार खर्च समेत स्वास्थ्य सुविधा बापत प्रदान गरिने कोषले जनाएको छ।

यस्तो छ अन्य सुविधा सहितको कार्यविधि


प्रकाशित : मंगलबार, पुस ५ २०७९१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend