बुधबार, वैशाख १२ गते २०८१    
images
images

अब वैदेशिक रोजगारमा गएका युवालाई पनि पेन्सन

images
images
images
अब वैदेशिक रोजगारमा गएका युवालाई पनि पेन्सन

योगदानकर्ताको कुनै कारण मुत्यु भएको अवस्थामा निजको पति वा पत्नीले न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम जीवनभर निवृतभरण पाउने व्यवस्था छ तर अर्को विवाह गरेको अवस्थामा भने पाउने छैनन्।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९ जारी गरेको छ।

images
images
images

कोषले वैदेशिक रोजगारमा रहेको श्रमिक विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्ने भएको छ।

images

कोषले वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तिमा २१.३३ प्रतिशत योगदान गर्नु पर्नेछ। जुन रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३.२५ प्रतिशतले बाँटफाँड गर्ने कार्यविधिमा उल्लेख छ।

images

कार्यविधिमा वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योजनामा औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा तीन गुणासम्म योगदान गर्नसक्ने उल्लेख छ।

images
images

कोषले दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत दुर्घटनामा परेको योगदानकर्ताले अस्पताल भर्ना भएर उपचार गराउँदाको अवस्थाको एक लाख रुपैयाँसम्मको उपचार खर्च योगदानकर्तालाई कोषले भुक्तानी गर्ने छ। यस्तो उपचार खर्चको भुक्तानी कोषले निर्धारण गरेको दररेटका आधारमा हुनआएको कुल खर्च रकमको ८० प्रतिशत वा प्रतिवर्ष एक लाखमध्ये जुन कम हुन्छ सो हदसम्मको रकम उपचार गरेको आवश्यक प्रमाण पेश गरेपश्चात सम्बन्धित व्यक्तिको खातामा भुक्तानी हुनेछ।

यसैगरी दुर्घटनाको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निज काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा पाउनेछन् भने दुर्घटनाका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधावापत मासिक रुपमा रकम पाउनेछ।

यसैगरी योगदानकर्ताको कुनै कारण मुत्यु भएको अवस्थामा निजको पति वा पत्नीले न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम जीवनभर निवृतभरण पाउने व्यवस्था छ तर अर्को विवाह गरेको अवस्थामा भने पाउने छैनन्।

यसैगरी योगदानकर्ताको मुत्यु भएको अवस्थामा निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक पाउने छन्।

यसैगरी योगदानकर्ताको पति, पत्नी, छोरा तथा छोरी नभएको अवस्थामा बाबुआमले न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम जीवनकाल भरी पाउने छन्। यसैगरी अन्तिम संस्कार खर्च २५ हजार रुपैयाँ पाउने छन्।

यसैगरी अवकाश वचत योजनामा योगदानकर्ताले अवकाश वचत योजनामा जम्मा गरेको रकम र यसले आर्जन गरेको प्रतिफल योगदानकर्ताको वैदेशिक रोजगारी अन्त्य भएपछि र विदेशको स्वरोजगारी छाडी फर्किए पछि एकमुष्ठ उपलब्ध गराइने विषयमा पनि कार्यविधिमा उल्लेख छ। तर योगदानकर्ताले निवेदन दिएमा यस्तो रकमलाई निवृत्तभरण योजनामा हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको छ। यसैगरी कार्यविधिमा अवकाश वचत योजनामा जम्मा भएको रकममा कोषले ग्यारेण्टी ब्याजदर प्रतिफल दर निर्धारण गर्न सक्ने विषय उल्लेख छ।

अवकाश वचत योजनामा जम्मा भएको रकमलाई लगानी प्राथमिकताको आधारमा समितिले तोकिदिएको मापदण्ड अनुसार अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयुक्त कम्पनीको सेयर वा पोर्टफोलियो लगायतका क्षेत्रमा लगानी गर्न र स्वदेश फर्किएर स्वरोजगारी गर्न चाहेमा योगदानकर्तालाई सञ्चालक समितिबाट स्वीकृत मापदण्ड बमोजिम व्यवसाय प्रवर्द्धन कर्जा दिन सक्ने विषयमा पनि कार्यविधिमा छ।

निवृत्तभरण योजना अन्तर्गत पाउन निवृत्तभरण योजनामा योगदान गर्ने योगदानकर्ताले साठी वर्ष उमेर पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई एकसय साठीले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउनेछ।

यसैगरी कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुने आउने कुल योगदान रकम एममुष्ठ रुपमा पाउने छन्।

निवृत्तभरण योजनामा प्राप्त गर्न सुरु गरेपछि  मृतको पति वा पत्नीलाई योगदानकर्ताले पाइरहेको निवृत्तिवरको ५० प्रतिशत हुन आउने रकम आजीवन निवृत्तभरणमा प्रदान गरिने कार्यविधिमा उल्लेख छ।

यस्तो छ कार्यविधिको पूर्णपाठ

 

images

प्रकाशित : मंगलबार, पुस ५ २०७९१०:०२

प्रतिक्रिया दिनुहोस