आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपाल आर्मीदेखि निजी क्षेत्रको नजर, अब के होला पोखरा आन्तरिक विमानस्थल?

images
मंगलबार, पुस ५ २०७९
images
नेपाल आर्मीदेखि निजी क्षेत्रको नजर, अब के होला पोखरा आन्तरिक विमानस्थल?
images
images

काठमाडौं- 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल' सञ्चालनसँगै अब कास्कीमा सञ्चालन भइरहेको 'पोखरा आन्तरिक विमानस्थल' के हुने प्रश्न उठ्न थालेको छ। 'पोखरा आन्तरिक विमानस्थल' आन्तरिक विमानस्थहलहरूमध्येको हव विमानस्थल हो।

images
images
images

१९५८ जुलाई ४ देखि सञ्चालनमा आएको पोखरा विमानस्थलमा अहिले बुद्ध, यती, तारा, समिट र दर्जन भन्दा बढी वायुसेवा कम्पनीले उडान गर्दै आएका छन्। नाफा कमाउने विमानस्थलहरूमध्ये पोखरा आन्तरिक विमानस्थल पनि एक हो।

images
images

पोखरा आन्तरिक विमानस्थललाई हव बनाएर बुद्ध एयरले अन्तर प्रदेश (सीटी) उडान गरिरहेको छ। तर अहिले ३० अर्ब रुपैयाँभन्दा बढीको लागतमा पोखरा अन्तरर्राष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भइसेको छ। विमानस्थल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

images
images

विमानस्थल निमार्णिसँगै अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणपत्र तथा जडान उपकरण र रुटलगायतको विषय अध्ययनका लागि क्यालिब्रेसन उडानसमेत भइसकेको छ। क्यालिब्रेसन उडानको रिपोर्ट आउने क्रममा छ।

जुन रिपोर्ट आइसेकपछि अन्तर्राष्ट्रिय नागरिक संगठन आइकाओमा पठाइने छ। रिपोर्टकै आधारमा एआइपी प्रकाशन हुने छ। प्रकाशन भएको ५६ दिनपछि विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलका मान्यता पाउने छ। तर नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ मा विमानस्थल उद्घाटन गर्दै परीक्षण उडान गर्ने भएको छ। निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने तयारी भएको छ।

योसँगै अहिले आन्तरिक उडान भइरहेको विमानस्थल के हुन्छ? नेपाल नागरिक उड्डयन प्राधिकरणले कसरी व्यवस्थापन गर्दै छ? यी विषय उठान भएको छ। पोखरा आन्तरिक विमानस्थल कुल जग्गा ११ सय ५७ रोपनी रहेको छ। विमानस्थलको जग्गाका लागि व्यवसायीदेखि सरकारी संस्थाले नजर लगाउने थालेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ। नेपाल आर्मीले पनि आन्तरिक विमानस्थल रहेको जग्गाका लागि लविङ गरेको प्राधिकरण स्रोतले बतायो।

प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीक रुपमा सञ्चालनमा आउन केही समय लाग्ने हुँदा तत्काल नै अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान नहुने बताए।

'अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि अहिलेसम्म प्राधिकरणले आन्तरिक उडान पुरानै विमानस्थलबाट गर्ने मनसाय बनाएको छ,' अधिकारीले भने, 'पुरानो विमानस्थल रहेको ठाउँ प्राधिकरण जडान गरेका धेरै प्रकारका उपकरण छन्। त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। अर्को प्राधिकरणको आयस्रोत बढाउनका लागि कुनै कुनै तवरबाट विमानस्थलको जग्गा व्यवस्थापन गर्ने नै छ।' विमानस्थलको जग्गा लिनका लागि कतिपय ठाउँबाट चासो आउनु स्वभाविक नै रहेको उनको भनाइ छ।


प्रकाशित : मंगलबार, पुस ५ २०७९०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend