आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सुर्खेत विमानस्थलमा थप सुविधाका लागि अनुरोध, मौसम प्रतिकुल र ढिला हुँदा पनि आईएफआर प्रविधिद्वारा उडान सहज हुने 

images
सोमबार, पुस ४ २०७९
images
सुर्खेत विमानस्थलमा थप सुविधाका लागि अनुरोध, मौसम प्रतिकुल र ढिला हुँदा पनि आईएफआर प्रविधिद्वारा उडान सहज हुने 

आईएफआर प्रविधि जडान भएमा साँझ राति पनि उडान भर्न मिल्ने हुँदा यात्रुलाई आफ्नो समय अनुकुल आउजाउ गर्न थप सहज हुनेछ।

images
images

काठमाडौं- सुर्खेत विमानस्थल भीएफआर प्रविधिमा सञ्चालनमा रहेको र त्यसले मौसम प्रतिकुल र ढिला हुँदा उडान रद्द हुने सम्भावना प्रवल रहेकाले अन्य विमानस्थलमाजस्तै सुर्खेतमा पनि आईएफआर प्रविधि जडानका लागि आग्रह गरिएको छ। 

images
images
images

आईएफआर प्रविधि जडान भएमा उडान भर्न सजिलो हुने र आईएफआर प्रविधिमा कम भिजिविलिटीमा पनि उडान भर्न सकिने बुद्ध एयरले जनाएको छ।

images
images

आईएफआर प्रविधि जडान भएमा साँझ राति पनि उडान भर्न मिल्ने हुँदा यात्रुलाई आफ्नो समय अनुकुल आउजाउ गर्न थप सहज हुनेछ।

images
images

आईएफआर प्रविधि र सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण तदारुकताका साथ लागेको छ, यसमा प्रदेश तथा संघीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नका लागि बुद्ध एयरले अनुरोध गरेको छ।

नागरिक उड्डयन प्राधिकरणको अगुवाई र सहयोगमा बुद्ध एयरले १६ डिसेम्बरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटीआर–७२ जहाजबाट उडान सञ्चालन गरेको छ। यात्रुहरुको माग र अनुरोधलाई ध्यानमा राखी बुद्ध एयरले २१ डिसेम्बरबाट अर्को उडान पनि भर्ने जनाएको छ। 

यसरी दिनको दुई उडानले यात्रुलाई त्यसैदिन आफ्नो कार्य सकि आउजाउ गर्न सजिलो हुने बुद्धले जनाएको छ।

सुर्खेतबाट काठमाडौंको सिधा उडान बुद्ध एयरले सधैँ प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ। सुरुका दिनमा सानो जहाजबाट उडान सञ्चालन गरेको र पछि एटीआर-४२ जहाजबाट उडानलाई निरन्तरता दिएको थियो। एटीआर–४२ जहाजबाट उडान सञ्चालन भएपछि भाडादर केही सहज र सरल भएको बुद्ध एयरले जनाएको छ। 


प्रकाशित : सोमबार, पुस ४ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend