सोमबार, वैशाख २४ गते २०८१    
images
images

आन्दोलनले नेपाल एयरलाइन्सको उडान अस्तव्यस्त, यात्रुलाई सास्ती

२४ घण्टादेखि सबै उडान अस्तव्यस्त

images
images
images
आन्दोलनले नेपाल एयरलाइन्सको उडान अस्तव्यस्त, यात्रुलाई सास्ती

आफ्नोलाई करार नवीकरण गरेको र अरुलाई हेला गरेको भन्दै क्याबिन क्रुले आन्दोलन गरिरहेका छन्।  प्रहरीले ३ जनालाई प्रकाउ समेत गरेको छ।

images
images

काठमाडौं-  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा  उडानदलका सदस्यको आन्दोलनका कारणले उडान प्रभावित भएको छ।

images
images
images

आज बिहान ७ बजे साउदी अरबको रियाद उड्नुपर्ने जहाज अहिलेसम्म उडान हुन सकेको छैन। केही उडानदलको करार नवीकरण नभएको र मासिक १ सय घण्टाभन्दा बढी उडान परेको भन्दै आन्दोलन गर्दा निगमको उडान प्रभावित भएको हो।

images

बिहीबार वार्ता चलिरहेकाे समयमा माओवादी निकट युनियनका नेताहरुले क्याबिन क्रु माथी हातपात गरेपछि राजु श्रेष्ठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

images

उडानदलका सदस्‍यहरूले विरोधमा विज्ञप्ती समेत जारी गरेका छन्। क्याबिन क्रुकै कारण बुधबार मलेसियाको उडान पनि ४ घण्टा ढिला भएको थियो। मलेसिया उडेको जहाज अहिले मलेसियामा नै रोकिएको छ।

images
images

यसैगरी हिजो मात्रै दिल्लीको उडान पनि क्याबिन क्रुकै कारण ५ घण्टा ढिला भएको थिए। दुबईमा ढिला उडान भएको छ। दुबइमा पनि जहाज रोकिएको छ।  जहाज रोकिनुको कारण क्याबीन क्रु नउड्दा  र उडेको क्याबिन क्रुको रेस्ट पिरियड नपुंग्दा जहाज जुन गन्तव्यमा गएको छ त्यही रोकिएको छ।

अहिले दिल्ली उडान पनि रोकिएको छ। निगमका कारण विमानस्थल कार्यालयले सास्ती भोग्न परेको र विमानस्थलको छविमा समेत आँच आएको विमानस्थल कार्यालयको भनाइ छ। क्याबिन क्रुकै विषयमा अहिले निमगमा झगडा सुरु भएको छ।

आफ्नोलाई करार नवीकरण गरेको र अरुलाई हेला गरेको भन्दै क्याबिन क्रुले आन्दोलन गरिरहेका छन्।  प्रहरीले ३ जनालाई प्रकाउ समेत गरेको छ।

images

प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०८:१९

प्रतिक्रिया दिनुहोस