आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

अन्तर्राष्ट्रिय बजारमा बढ्दा पेट्राेलकाे भाउ बढाउन हतारिने आयल निगम घट्दा गुपचुप नाफामा

पाँच वर्षमा १४० प्रतिशत बढ्यो मूल्य, जनता मारमा

images
बिहीबार , मंसिर २९ २०७९
images
अन्तर्राष्ट्रिय बजारमा बढ्दा पेट्राेलकाे भाउ बढाउन हतारिने आयल निगम घट्दा गुपचुप नाफामा
images
images

काठमाडौं- नेपाल आयल निगमलाई अहिले खाना पकाउने एलपीजी ग्यासबाहेक सबै प्रकारको इन्धन बिक्रीमा नाफा छ। इण्डियन आयाल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आउँदा पनि निगमले २०७९ भदौ १६ गतेपछि इन्धनको मूल्य समायोजन गरेको छैन। 

images
images
images

भदौमा निर्वाचन आचारसंहिता लागु भएको भन्दै निमगले मूल्य समायोजन गरेको थिएन। तर निर्वाचन सहिएर आचारसंहिता फुकुवा भइसक्दा पनि मूल्य समायोजन भएको छैन। पछिल्लोपटक भारतबाट मंसिर १६ गते पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसाले घटेर आएपनि सोहीअनुसार उपभोक्ता मूल्य समायोजन गरेको छैन।

images
images

निगमले विगतको घाटापूर्तिका लागि भन्दै मूल्य समायोजना नगरेको तर्क दिँदै आएको छ। तर भारतबाट मूल्य बढेर आउँदा भने निगमले स्वचालित मूल्य प्रणालीका लागि भन्दै सातामा दुईपटकसम्म मूल्यवृद्धि गरेको थियो।

images
images

अहिले निगमलाई १५ दिनमा अनुमानित ५८ करोड ७१ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ। निगमलाई अहिले एक लिटर पेट्रोल बिक्रीमै १३ रुपैयाँ ५६ पैसा नाफा छ। यसैगरी एक लिटर डिजेलमा ५३ पैसा र मट्टीतेलमा ३५ रुपैयाँ ३५ पैसा नाफा छ।

यसैगरी हवाई इन्धनतर्फ आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ८९ रुपैयाँ ९३ रुपैयाँ नाफा छ। तर खाना पकाउने एलपीजी ग्यासमा भने निगमलाई प्रतिसिलिण्डर २ सय ७७ रुपैयाँ ०२ पैसा घाटा छ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने विगतको घाटा तथा भारतलाई तिर्न बाँकी रहेको रकम ठूलोमात्रामा बाँकी रहनाले अहिले मूल्य समायोजन गर्न नसकेको बताउँछन्। २२/२४ महिना घाटामा गएको र २ महिनामा ४ पटक घटेर आउँदैमा निगगमलाई अथाह नाफा भएको भनेर जसरी प्रचार भएको छ त्यसमा पनि कुनै सत्यता नहरहेको उनले बताए।

अर्को पाटो कच्चा तेलको मूल्यलाई लिइएको छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरबाट घटेर ७६ रडलरमा आउँदा पनि प्रशोधित तेलको मूल्य सोही अनुपातमा नघटेको उनको भनाइ छ। एउटा प्रिमियम शुल्क बढेको र अर्को डलरको मूल्य बढ्दा पनि इन्धनको मूल्यमा ठूलो परिमार्जन नभएको उपाध्यायको दाबी छ।

निगमलाई विगतमा स्वचालित मूल्य प्रणालीमा लैजान नसक्दा ठूलो घाटा भएको हुँदा अहिले स्वाचालित मूल्य प्रणाली लागु गर्न समस्या रहेको उनको भनाइ छ।

पाँच वर्षमा सबैभन्दा बढी मूल्य वृद्धी

पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी मूल्यवृद्धि इन्धनमा भएको छ। २०७४ कात्तिकमा प्रतिलिटर पेट्रोलको मूल्य ९८ सय रुपैयाँ थियो। तर अहिले पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ८१ रुपैयाँ छ। पेट्रोलको मूल्य पाँच वर्षकै अवधिमा ८५ प्रतिशतले बढेको छ। 

यसैगरी २०७४ कात्तिकमा डिजेल प्रतिलिटर ७४ रुपैयाँ थियो। अहिले डिजेलको मूल्य बढेर १ सय ७८ रुपैयाँ पुगेको छ। डिजेलमा १४० प्रतिशतभन्दा बढीले मूल्य बढेको छ। यसैगरी सबै प्रकारका इन्धनको मूल्यवृद्धि धेरै नै रककमा भएको छ।

निगम २०७७/०७८ सम्म नाफामा नै थियो। तर युक्रेन- रुसको युद्धका कारण कच्चा तेलको मूल्य बढ्दा इन्धनको मूल्यमा ठूलो उत्तरचढाव आएको थियो। अहिले कच्चा तेलको मूल्य घटेको छ। भारतबाट आउने इन्धनको मूल्य पनि घटेको छ। तर आयाल निगमले मूल्य समायोजान गरेको छैन। निगम महाप्रबन्धक उमेश थानी भने मूल्य समायोजनको विषयमा कुनै प्रतिक्रिया नदिइ बसेका छन्।

कुन वर्ष कतिले बढ्यो इन्धनको मूल्य?

वर्ष (मंसिर)

पेट्रोल (रुपैयाँ)

डिजेल (रुपैयाँ)

२०७४

९८

७४

२०७५

१०६

८७

२०७६

९६

८५

२०७७

९६

८५

२०७८

१२१

१०४

२०७९

१८१

१७८

 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend