आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चारजना क्याबिन क्रुको करार नवीकरण नहुँदा निगमको दिल्ली उडान नै रोकियो, २५६ यात्रु अलपत्र

images
बुधबार, मंसिर २८ २०७९
images
चारजना क्याबिन क्रुको करार नवीकरण नहुँदा निगमको दिल्ली उडान नै रोकियो, २५६ यात्रु अलपत्र
images
images

काठमाडौं- चारजना क्याबिन क्रुको करार नवीकरणको विषयलाई लिएर नेपाल एयरलाइन्सको दिल्ली उडान प्रभावित भएको छ। उनीहरूको नवीकरण बिनासर्त हुनुपर्ने माग राख्दै क्याबिन क्रुले आन्दोलन गर्दा उडान प्रभावित भएको छ।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार नेपाल एयरलाइन्सको कारण दिल्ली उडान प्रभावित भएको हो। 'नेपाल एयरलाइन्का कारण बारम्बार विमानस्थलको छविमाथि दाग लागेको छ। विमानस्थलमा कर्मचारीको दादागिरी देखिएको छ, उनले भने, ' १:४५ को उडान साढे ३ बजेका लागि सारिएको छ। यात्रुबाट कुनै गतिविधि भएमा त्यसको जिम्मेवार निगम हुनु पर्छ।'

images
images

दिल्ली उडानका लागि २ सय ५६ जना यात्रुले बोर्डिङ पास लिएका छन्।

images
images

मापदण्डअनुसार क्याबिन क्रुको नवीकरणमा चारजना नपरेपछि उनीहरूले विरोधमा उडान नै रोकेका हुन्। प्रजिता कार्की, प्रदा कार्की, आरती महर्जन र स्मिता गुवाजुको नवीकरण रोकिएको थियो।

करारमा रहेर १५ वर्ष सेवा गरेका चार विमान परिचारिकालाई बिनाकारण सेवामा निरन्तरता नदिएको विरोधमा उनीहरूले सेवा नै अवरोध गर्दा उडान प्रभावित भएको हो। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend