शुक्रबार, चैत १६ गते २०८०    
images
images

अर्थमन्त्रीको दौडमा अर्बपति विनोद चौधरी, सम्भव हाेला?

images
images
अर्थमन्त्रीको दौडमा अर्बपति विनोद चौधरी, सम्भव  हाेला?

सांसदभन्दा माथिको सपना नदेख्ने उद्योगी व्यवसायीको सोचभन्दा माथि उठेर चौधरी भने पार्टीको सक्रिय राजनीतिमै सक्रिय मात्र भएनन् मंसिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेरै सांसद निर्वाचित भएका छन्। 

images
images

काठमाडौं- समानुपातिकसहितको निर्वाचन प्रणाली लागु भएपछि विशेषगरी उद्योगी व्यवसायीमाझ सांसद बन्ने प्रतिस्पर्धा नै बनेको छ पछिल्ला केही निर्वाचनदेखि। 

images
images
images

राजनीतिक दलको बन्दसूचीमा पर्ने र त्यही आधारमा सांसद हुन पाइने भएपछि व्यवसायीहरूले आफ्नो व्यावसायिक सहायताको लाभ उठाउँदै संसदमा छिर्ने गरेका छन्। सांसद हुने बाहेक व्यवसायीहरू प्रत्यक्ष राजनीतिमा त्यति धेरै सक्रिय हुँदैनन्। विशेषगरी सक्रिय उद्योगीहरू  पार्टी राजनीतिमा आउँदैनन्। 

images

पछिल्लो समय प्रतिष्ठित उद्योगी व्यवसायी नै पार्टीको महाधिवेसनमा चुनाव लडेर राजनीतिमा आएका छन्। विशेषगरि गत वर्ष सम्पन्न नेपाली कांग्रेसको महाधिवेसनबाट उद्योगी व्यवसायी केन्द्रीय समितिमा निर्वाचित भएरै आए। यस्तैमा एक हुन् उद्योगपति विनोद चौधरी। 

images
images

सांसदभन्दा माथिको सपना नदेख्ने उद्योगी व्यवसायीको सोचभन्दा माथि उठेर चौधरी भने पार्टीको सक्रिय राजनीतिमै सक्रिय मात्र भएनन् मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेरै सांसद निर्वाचित भएका छन्। 

नेपाल बाहिरसमेत व्यवसाय विस्तार गरी धेरै उद्योगी व्यवसायीका आइडल बनेका चौधरी भने राजनीतिमा सक्रिय नै भएका छन्। 

विगतमा नेतासँग मिलेर समानुपातिक सिटबाट सांसद बनेको आरोप भोगेका चौधरी अहिले जनमत लिएर संसद भवन छिर्दै छन्। उनी यसपटक संघीय चुनावमा प्रत्यक्षतर्फको उम्मेदवार बनेर पश्चिम नवलपरासी १ बाट निर्वाचित भए। २०४८ सालदेखि एकपटकबाहेक लगातार सांसदमा निर्वाचित हुँदै आएका हृदयेश त्रिपाठीको विरासत भत्काउँदै चौधरीले जित निकालेसँगै नयाँ भूमिकामा आउने दौडमा छन्। 

nadaf.jpeg

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गरे। चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कार्यकारी भूमिकाकै मन्त्रीका लागि दौडमा छन्। कांग्रेसको राजनीति यतिवेला दुई कित्ता विभाजित भएको छ। चौधरीले संसदीय दलको चुनावमा कसलाई रोज्छन भन्ने अझै प्रष्ट भएको छैन। तर चौधरी भने अर्थमन्त्रीको दौडमा होमिएका छन्। 

उनले उच्च नेताहरुलाई मुलुक आर्थिक संटकमा रहेकाले जिम्मेवारी आफूले दिए संकटबाट पार लगाउने रोडम्याप समेत पेश गरिरहेका छन्। अझै पनि कांग्रेस पुरानो राजनीति शैली अपाउनेहरुले चौधरीलाई रुचाउने पक्षमा छैनन। तर नयाँ पुस्तासहित अर्थतन्त्र बुझेका नेताहरुले भने चौधरीलाई एकपटक अर्थमन्त्रालयको जिम्वेवारी दिनुपर्नेमा जोड दिइरहेका छन्। चुनावी दौडमा पनि चौधरीले अर्थमन्त्रालयको जिम्मेवारी पाए लिने बताएका थिए। 

आफ्नो क्षेत्रमा एक घर एक रोजगारी मात्रै होइन व्यवसायमा लाग्न प्रेरित गर्दै सहयोग गर्ने वाचासमेत दिएका चौधरीले कार्यकारी भूमिका पाए सुधारको कामको सुरुवात गर्ने अठोट दिदैँ आएका छन्। 

संसदीय दलको दौडमा चौधरी कता?

पुन: प्रधानमन्त्रीको बन्नका लागि शेरबहादुर देउवालाई पनि सहज भने छैन। पार्टीका महामन्त्री गगन थापाले संसदीय दलको चुनाव होमिएका छन्।  

गगन थापा संसदीय दलको नेता चुनिए भने अहिले भइरहेको गठबन्धन भत्किएर नयाँ बन्न सक्ने अनुमान पनि गरिएका छन्। महामन्त्री थापा अगाडि बढेपछि देउवा अन्य नेताहरु प्रकाशमान सिंह, सशांक कोइराला र रामचन्द्र पौडेल मिलाउन छलफलमा छन्। 
शक्तिशाली पाँच वर्षे सरकारको नेतृत्व गर्न कस्सीएका देउवा गठबन्धनमा लागेको धक्काले भने अलमलमा रहेका छन्।

देउवा निकट केही नेताहरुका अनुसार संसदीय दलमा हार्ने अवस्था आएमा उपसभापति पूर्णबहादुर खड्कालाई अगाडि सार्ने तयारी गरिएको छ। सोही कारण कांग्रेस संसदीय दलको चुनावपछि मात्रै नयाँ सरकारको आकार आउने देखिएको छ। चौधरीले अहिलेसम्म पनि संसदीय दलको नेतामा कस्लाई सहयोग गर्छन भन्ने प्रष्ट छैन। 

सहज छैन कांग्रेसमा अर्थमन्त्री 

विश्वभर बढ्न सक्ने आर्थिक मन्दीको असर नेपालमा पनि बढ्ने अनुमान अर्थविद्हरूले गरिरहेका छन्। बैंकहरू ऋण दिन नसक्ने अवस्थामा छन्। रेमिट्यान्स अपेक्षाकृत बढ्न सकेको छैन।

महँगी भान्सासम्म पुगेको छ। डलर सञ्चिति घट्दो छ। आयात डरलाग्दो छ। निर्यात बढ्नै सकेको छैन। उत्पादनमा केन्द्रित उद्योगहरू धरासायी बन्दैछन्। पर्यटन क्षेत्र ध्वस्त छ। यो सबै भार अब बन्ने अर्थमन्त्रीको थाप्लोमा पर्ने निश्चित छ।

कांग्रेसभित्र यतिबेला भावी अर्थमन्त्रीको दौडमा नेताहरू देखिएका छन्। कुनै समय कांग्रेसबाट अर्थमन्त्री भन्ने वित्तिकै डा. रामशरण महतको नाम आउने गर्दथ्यो। महतले गरेका अर्थतन्त्र सुधारका कामको प्रशंसा अहिले पनि हुने गर्दछ। महतले भन्ने गरेको दोस्रो चरणको आर्थिक सुधार गर्नका लागि फेरि कांग्रेसकै काँधमा जिम्मेवारी आउने देखिएको छ। सोही कारण पनि मंसिर ४ पछिको सरकारको अर्थमन्त्री बन्नेगरी कांग्रेसका अर्थशास्त्रीदेखि उद्योगीसम्मले चासो दिएका छन्। 

कतिपय नेता चुनावमै पराजित भएका छन्। यता चितवन १ बाट चुनाव लडेका योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल पराजित भएका छन्। पौडेल पनि चुनाव जितेर अर्थमन्त्रीकै रुपमा देखिन चाहेका थिए तर ५ वर्षका लागि उनको त्यो योजना सपनामै सीमित भएको छ।  

डा. प्रकाशशरण महत समानुपातिको पहिलो नम्बरमै रहेकाले पनि अर्थमन्त्रीको रुपमा अगाडि आउन सक्छन्। प्रधानमन्त्री देउवाका अर्का विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि अर्थमन्त्रीको दौडमा छन्। यता डा.नारायण खड्का पनि अर्थमन्त्रीको दौडमा रहेका छन्।

यसकारण कांग्रेसमा अर्थमन्त्रालय पाउन सहज भने छैन। तर चौधरी परिक्षण नभएको पात्र भएकाले सकारात्मक सन्देश प्रवाह गर्नका लागि भनेपनि एकपटक चौधरीलाई अर्थमन्त्री बनाउने पक्षमा कांग्रेसका केही नेताहरु छन्। 

को हुन चौधरी? 

विसं २०१२ बैशाख १ गते जन्मिएका चौधरी काठमाडौं महानगरपालिका-१४ का बासिन्दा हुन्। करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहेका उनी विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा छन्। चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बनेका थिए। 

विसं २०७४ मा भएको संघीय संसद् निर्वाचन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र समानुपातिकतर्फको सांसद बने। यो अवधिमा उनले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे। गतवर्ष मंसिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिएका थिए। 

nadaf.jpeg

संविधानसभा र संसदीय भूमिकामा मात्र नभइ नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका रहँदै आएको छ। उनी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासंघ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसंघको अध्यक्ष बनेका थिए। 

त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा रहेका थिए। सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गरेका थिए। 

व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन्। विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोर्ब्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुन्। फोर्ब्सको अर्बपति सूचीमा अहिले उनी १ हजार ९ सय २९औँ स्थानमा छन्। 

विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहेका छन्। सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन्। खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ।

images

प्रकाशित : बिहीबार , मंसिर २२ २०७९११:२४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ