आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

परिमाण लुकाउँदै ७२ लाख रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्दै वायुसेवा निगम

images
बिहीबार , मंसिर २२ २०७९
images
परिमाण लुकाउँदै ७२ लाख रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्दै वायुसेवा निगम

अहिले बजारमा ३ रुपैयाँसम्ममा पाउने मास्कलाई १० रुपैयाँसम्म हालेको कारण परिमाण लुकाएको  हो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले परिमाण लुकाउँदै स्वास्थ्य सामग्री खरिद गर्दै आएको छ। निगमले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमिता गर्नकै लागि परिमाण लुकाउँदै सामान खरिद गर्दै आएको छ।

images
images
images

निगमले फेरि ७२ लाख ३२ हजार रुपैयाँ बरारबरको स्वास्थ्य सामग्री खरिद गरेको छ। तर कुन सामान कति खरिद गरेको हो भने विवरण भने सार्वजनिक गरेको छैन।

images
images

निगमले १४ लाख ९१ हजार रुपैयाँ बराबरको स्यानिटाइजर जेल खरिदको सम्झैता गरेको छ। तर कति परिमाण खरिद गरेको  हो भन्ने विषय भने लुकाएको छ।

images
images

यसैगरी निगमले ४७ लाख  ३५ हजार रुपैयाँ बराबरीका स्यानिटाइजर,  सर्जिकल ग्लोब्स र पीपीई खरिदको सम्झौता गरेको छ। तर कुन सामान कति परिमाणमा खरिद गरिएको त्यसको विवरण भने सार्वाजनिक गरेको छैन।

यसैगरी निगमले १० लाख ६ हजारको सर्जिकल मास्क खरिद सम्झौता गरे पनि कति परिमाणमा मास्क खरिद गरेको हो भनेर विवरण सार्वजनिक गरेको छैन्। निगमले परिमाण नखुलाए पनि रकम भने खुलाएको थियो।

कुन सामान कति रूपैयाँका दरमा किनिन लागेको हो भन्ने नखुलाउँदा आर्थिक हिनामिनाका लागि बाटो राखिएको आरोप लागिरहेको छ। सामान खरिदको रकमसँगै परिमाण पनि सार्वजनिक गर्नुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको भनाइ छ। 

तर निगमले भने स्वास्थ्य सामग्री खरिदमा सधै परिमाण लुकाउँदै आएको छ।

निगम स्रोतका अनुसार अहिले बजारमा ३ रुपैयाँसम्ममा पाउने मास्कलाई १० रुपैयाँसम्म हालेको कारण परिमाण लुकाएको  हो।


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९०५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend