शनिबार, साउन १२ गते २०८१    
images
images
images

बुद्ध एयरले एटिआर-७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २१ २०७९
images
images
बुद्ध एयरले एटिआर-७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान गर्ने

आगामी पुस १–डिसेम्बर १६ देखि बुद्ध एयरले एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने भएको छ। यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर–७२ मार्फत उडान गर्न लागेको हो। 

images

काठमाडौं- आगामी पुस १-डिसेम्बर १६ देखि बुद्ध एयरले एटिआर-७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान गर्ने भएको छ। यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर-७२ मार्फत उडान गर्न लागेको हो। 

images
images

बुद्धले दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्ने बताएको छ। बुद्धले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेको एटिआर-४२ उडानबाट यात्रुहरूको मागअनुरूप सिट संख्या कम भएकाले एटिआर-७२ मार्फत उडान गर्न लागेको बताएको छ। उक्त जहाज सञ्चालनमा आएसँगै सञ्चालन खर्च कम हुने र यात्रुहरू लाभान्वित हुने कम्पनीले जनाएको छ।

images

ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन्। त्यस्तै यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार रूपैयाँबाट सुरू हुने र मागअनुसार दैनिक दुई वटा उडान गर्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend