शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

यी हुन् संसारका १० ठूला एयरपोर्ट

images
बिजनेस न्युज
images
यी हुन् संसारका १० ठूला एयरपोर्ट

संसारभर हजारौं एयरपोर्टहरु सञ्चालनमा छन्, जसले लाखौं यात्रुहरुलाई यात्रामा सहजीकरण गर्दै आएका छन्। क्षेत्रफलका आधारमा २०२१ मा विश्वका १० ठूला एयरपोर्टबारे एसोटाइमले सूची सार्वजनिक गरेको छ। 

images
images

काठमाडौं- हवाइ माध्यमबाट अन्तरदेशिय यात्राका लागि एयरपोर्ट अनिवार्य सर्त हो। हवाइ जहाज उडान तथा अवतरणका लागि एयरपोर्ट पूर्वाधार नभइ नहुने कुरा हो। 

images
images
images

जहाज उडान अवतरण गर्न मात्र नभइ एयरपोर्टमा अध्यागन, कार्गोलगायतको व्यवस्थापनका लागि ठूलै भौतिक संरचना आवश्यक पर्छ। यात्रुको चाप बढेसँगै एयरपोर्टको संरचनासमेत विस्तार गर्नुपर्ने हुन्छ।

images

संसारभर हजारौं एयरपोर्टहरु सञ्चालनमा छन्, जसले लाखौं यात्रुहरुलाई यात्रामा सहजीकरण गर्दै आएका छन्। क्षेत्रफलका आधारमा २०२१ मा विश्वका १० ठूला एयरपोर्टबारे एसोटाइमले सूची सार्वजनिक गरेको छ। 

images

१०. सुवर्णभूमी अन्तर्राष्ट्रिय विमानस्थल, ३२.४ वर्ग किलोमिटर

images
images

थाइल्यान्डको सुवर्णभूमी अन्तर्राष्ट्रिय विमानस्थल दक्षिणपूर्वि क्षेत्रकै ठूलो एयरपोर्ट हो। क्षेत्रफलका आधारमा यो एयरपोर्ट विश्वको १०औं ठूलो हो। यो एयरपोर्ट २००६ मा सञ्चालनमा आएको थियो। दुईवटा रनवे भएको यो विमागस्थलमा ३ वटा टर्मिनल भवन छन्। 

९. कायरो अन्तर्राट्रिय विमानस्थाल, ३६.३ वर्ग किलोमिटर

इजिप्टको यो अन्तर्राष्ट्रिय विमानस्थल १९४५ बाट सञ्चालनमा आएको थियो। यो विमानस्थलमा ४ वटा टर्मिनल भवन र २ वटा रनवे छन्। इनिप्ट एयर र नाइल एयरको मुख्य प्रस्थान बिन्दु हो। 

८. साङघाइ पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल, ३९.१ वर्ग किलोमिटर

साङघाइ एयरलाइन्स र चाइना इस्टर्न एयरलाइन्सको हव रहेको साङघाइ पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल १९ सय ९९ बाट सञ्चालनमा आएको हो। ३ वटा टर्मिनल भवन एउटा स्याटेलाइट टर्मिनल र ४ वटा रनवे छन्। 

७. जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थल, ४०.५ वर्ग किलोमिटर

सुरुमा यो विमानस्थनको नाम हाउसटन अन्तर्राष्ट्रिय विमानस्थल थियो। अमेरिकाको जर्ज बुस अन्तर्राष्ट्रिय विमानस्थल १९६९ मा सञ्चालनमा आएको हो। ५ वटा रनवे भएको यो विमानस्थलमा ५ वटै टर्मिनल भवन सञ्चालनमा छन्। 

६. बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, ४७ वर्ग किलामिटर 

चीनको यो विमानस्थल क्षेत्रफका आधारमा छैटौं ठूलो विमानस्थल हो। यो विमानस्थानमा संसारकै ठूलो भवन छ। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल २०१९ मा सञ्चालनमा आएको हो। यो विमानस्थनमा एउटामात्र टर्मिनल भवन छ जुन विश्वकै ठूलो हो र यो टर्मिनल स्टारफिस जस्तै छ। यो विमानस्थलमा ४ वटा रनवे छन्। 

५. ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थन, ५०.९ वर्ग मिलोमिटर 

अमेरिकाको फ्लोरिडा राज्यमा रहेको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल १९८१ मा व्यवसायिक रुपमा सञ्चालनमा आएको हो। दुईवटा टर्मिनल भवन रहेको यो विमानस्थलमा ४ वटा रनवे छन्। यो विमानस्थल क्षेत्रफलका आधारमा पाँचौं ठूलो हो। 

४. वासिङटन डल्लास अन्तर्राष्ट्रिय विमानस्थल, ५२.६ वर्ग किलोमिटर

यो विमानस्थललाई डल्लास अन्तर्राष्ट्रिय विमानस्थलका नामले समेत चिनिन्छ। वासिङटन डल्लास अन्तर्राष्ट्रिय विमानस्थल १९६२ मा सञ्चालनमा आएको हो। ४ वटा रनवे रहेको यो विमानस्थलमा २ वटा टर्मिनल भवन छन्। 

३. डल्लास/फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थल, ६९.५ वर्ग किलोमिटर 

अकेरिकाकै अर्को डल्लास/फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रफलका आधारमा तेस्रो ठूलो विमानस्थल हो। १९७४ मा सञ्चालनमा आएको यो विमानस्थलमा ५ वटा टर्मिनल लभवन र ७ वटा रनवे छन्। फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा ४ किलोमिटरभन्दा लामो रनवे छ। 

२. डेनभर अन्तर्राष्ट्रिय विमानस्थल, १ सय ३५.७ वर्ग किलोमिटर

क्षेत्रफलका आधारमा दोस्रो ठूलो यो विमानस्थल पनि अमेरिकामै छ। १९९५ बाट सञ्चालनमा आएको यो विमानस्थलमा ३ वटा टर्मिनल भवन छन् भने ६ वटा रनवे। 

१‍. किङ फहद अन्तर्राट्रिय विमानस्थल, ७ सय ७६ वर्ग किलोमिटर 

किङ फहद अन्तर्राष्ट्रिय विभानस्थल साउदी अरेबियाको विमानस्थन हो जुन क्षेत्रफलका आधारमा विश्वकै ठूलो छ। १९९९ बाट सञ्चालनमा आएको यो विमानस्थलमा ३ वटा टर्मिनल भवन छन्। यो विमानस्थलमा शाही परिवारका लागि छुट्टै टर्मिनल भवन रहेको छ। दमाम एयरपोर्टको नामले समेत चिनिने यो विमानस्थलमा २ वटा रनवे छन्। 

images

प्रकाशित : शनिबार, असोज ३० २०७८११:००
प्रतिक्रिया दिनुहोस