बिहीबार , चैत १५ गते २०८०    
images
images

कफी उत्पादनमा ओरालो यात्रा : ८ वर्षअघिको जति पनि भएन उत्पादन, आयात २ गुणा बढ्यो

images
images
कफी उत्पादनमा ओरालो यात्रा : ८ वर्षअघिको जति पनि भएन उत्पादन, आयात  २ गुणा बढ्यो

८४ वर्षदेखि नेपालमा कफीको उत्पादन भएपनि त्यसले लय समात्न सकेको छैन। अझ उल्टो आयात बढीरहेको छ। प्रत्येक वर्ष आयातमा बढोत्तरी देखिएको छ।

images
images

काठमाडौं- नेपालमा कुनै पनि कृषि वस्तुको उत्पादनमा उत्साहजनक वृद्धि देखिँदैन। सरकारले राख्ने लक्ष्य र तय गर्ने नारा अनुसार कहिलै पनि उत्पादन बढेको पाइँदैन।

images
images
images

प्रमुख खाद्यन्न बालीकै उत्पादनमा उल्लेखनीय वृद्धि नदेखिएको नेपालमा नगदे बालीका रुपमा रहेका अन्य उत्पादन त झन सीमान्तकृत जस्तै छन्।

images

यस्तैमा एउटा हो कफी। गुणस्तरको हिसाबले राम्रो मानिने नेपाली कफीको विश्व बजारमा समेत उच्च माग रहेको बताएपनि अहिलेसम्म उत्पादनमा खासै प्रगति भएको छैन।

images
images

सरकारी तथ्यांक अनुसार एक दशक अघि जति उत्पादन हुन्थ्यो करिब त्यही आसपासमा अहिले पनि उत्पादन भइरहेको छ।

अर्थात् एक दशकमा नेपालले कफी उत्पादनमा प्रगति होइन अझ उल्टो ओरालो लागेको छ।

नेपाल चिया कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा आजभन्दा ८ वर्ष पहिले उत्पादन भएको थियो गएको वर्ष त्योभन्दा न्यून कफी उत्पादन भएको छ। अर्थात् आठ वर्षमा उत्पादन क्षमतामा अझ ह्रास आएको छ।

आर्थिक वर्ष २०७१/७२ मा नेपालमा ४६३ टन कफी उत्पादन भएको थियो। बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा जम्मा ३५४ टन कफी उत्पादन भएको छ।

गएको आठ वर्षमा उत्पादनमा वृद्धि हुनुको साटो उल्टो घटेको छ। विदेशमा मात्र होइन स्वदेशमै कफीको बजार विस्तार भएको छ। स्वयम् बोर्डले गरेको अध्ययन अनुसार नेपाली आन्तरिक कफी बजारले वर्षमा २ हजार टनसम्म खपत गर्नसक्ने देखिएको छ। यद्यपि अहिलेकै बजारमा भने यत्रो कफी खपत हुँदैन।

आन्तरिक बजार विस्तार भएको तथा विदेशमा समेत सम्भावना हुँदा पनि कफीको उत्पादनमा भने खासै वृद्धि भएको छैन।

नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको बोर्डले उल्लेख गरेको छ। नेपाली कफीले विदेशमा औसतमा प्रतिकेजी १६ अमेरिकी डलर मूल्य पाएको छ।

बोर्डले कफी उत्पादनका लागि आवश्यक लगानी नपुगेको उल्लेख गरेको छ। राष्ट्रिय कफी दिवसको अवसरमा बोर्डले जारी गरेको विज्ञप्तिमा किसानहरुलाई संरक्षण, व्यावसायीक खेती र ठूलो लगानीको अभावले गर्दा उत्पादन नबढेको बोर्डले उल्लेख गरेको छ।

पर्याप्त स्रोत साधनको अभावले गर्दा बोर्डले चाहेजति काम गर्न नसकेको उल्लेख गरिएको छ।

८४ वर्षदेखि नेपालमा कफीको उत्पादन भएपनि त्यसले लय समात्न सकेको छैन। अझ उल्टो आयात बढीरहेको छ। प्रत्येक वर्ष आयातमा बढोत्तरी देखिएको छ।

coffe1.jpg

भन्सार विभागको तथ्यांक अनुसार गएको आठ वर्षमा आन्तरिक उत्पादनमा ह्रास आएको तर बजारमा माग बढेका कारणले गर्दा आयात दोबरले वृद्धि भएको छ। तर निर्यात भने उल्टो घटेको छ।

आर्थिक वर्ष २०७२/७३ मा आयात र निर्यात हुने कफीको परिणाम करिब बराबर थियो। तर आर्थिक वर्ष २०७८/७९ मा पुग्दा दोबरभन्दा बढीको अन्तर छ।

यो बीचमा कफी खेती हुने क्षेत्रफलमा भने विस्तार भएको छ। आठ वर्षअघिको तुलनामा एक हजार हेक्टर क्षेत्रफल फैलिएको छ।  क्षेत्रफल विस्तार भएपनि उत्पादन नबढ्नुमा प्रविधि, लगानीको अभाव रहेको प्रष्ट देखिन्छ।

कफी खेतीमा अध्ययन अनुसन्धान गर्ने काम पाएको बोर्डले भने पर्याप्त स्रोत साधन नभएको गुनासो गरेको छ।

images

प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९१०:३४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ