आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरामा लक्जरी पाँचतारे होटल निर्माण गर्दै बाराही सेदी, २ अर्ब लगानी  

images
शुक्रबार, मंसिर १६ २०७९
images
पोखरामा लक्जरी पाँचतारे होटल निर्माण गर्दै बाराही सेदी,  २ अर्ब लगानी  
सांकेतिक तस्बिर।

पोखरा महानगरपालिका वडा नम्बर १८ मा लेकसाइटमा निर्माण हुने होटलमा २५० वटा बेड,१५० कोठा, अफिस रुम, स्विमिङ पुल, पार्किङ एरिया, रेष्टुरेन्ट र बार, बैंडकेट रहनेछ।

images
images

काठमाडौं- पोखरा लगायतका विभिन्न सहरमा होटल सञ्चालन गरिरहेको बाराही हस्पिटालिटी समूहले नयाँ पाँचतारे होटल निर्माण गर्ने भएको छ। पोखरामै होटल बाराही, सराङकोटमा माउन्टेन लज सञ्चालन गरिरहेको यो समूहले पोखराकै अर्को ठाउँमा लक्जरी पाँचतारे होटल निर्माण गर्ने तयारी गरेको छ। 
 
बाराही सेदी प्राली कम्पनी मार्फत पोखराको लेकसाइडमा पाँचतारे होटल निर्माण गर्ने भएको छ। यसका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयार गरेको छ। 

images
images
images

अध्ययन प्रतिवेदनमा कम्पनीले २ अर्ब १० करोड ७१ लाख ६४ हजार लागत अनुमान गरेको छ। 

images
images

पोखरा महानगरपालिका वडा नम्बर १८ मा लेकसाइटमा निर्माण हुने होटलमा २५० वटा बेड,१५० कोठा, अफिस रुम, स्विमिङ पुल, पार्किङ एरिया, रेष्टुरेन्ट र बार, बैंडकेट रहनेछ।

images
images

बाराही सेदी प्रालिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग वन तथा वातावरण मन्त्रालयमा होटल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस गरेको छ। 

२६ हजार ५ सय ९७ वर्गमिटरमा क्षेत्रफलमा १२ हजार १ सय ३५ वर्गमिटरमा होटलको संरचना बन्ने छ भने १४ हजार ४ सय ६२ वर्गमिटर खुला ठाउँ रहने छ। 

होटलमा १०२ वटा स्टान्डर्ट कोठाहरु, २३ वटा क्वीन र किंग साइज बेडहरु भएका कोठा, १० वटा क्लब कोठा र १५ वटा सुइट कोठाहरु बन्ने छ। कुल होटलको बेड संख्या २५० हुनेछ। होटल फेवातालबाट ३३० मिटर बाहिर बन्ने छ।

यो समूहले अहिले पोखरा, लुम्बनी, काठमाडौं तथा सौराहमा होटल निर्माण तथा सञ्चालन गरिरहेको छ। पोखराकै अन्य ठाउँमा होटल परियोजना विस्तारको योजना बनाइरहेको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend