बुधबार, वैशाख १२ गते २०८१    
images
images

नयाँ सरकारले पाँच वर्षको समय छ भनेर काम गर्ने हो भने अर्थतन्त्रमा ठूलो समस्या देखिन सक्छ: गगन थापा

images
images
images
नयाँ सरकारले पाँच वर्षको समय छ भनेर काम गर्ने हो भने अर्थतन्त्रमा ठूलो समस्या देखिन सक्छ: गगन थापा
images
images

नेपाली कांग्रेसको नेतृत्वमा सरकार  बनेपछि मैले अर्थतन्त्रमा समस्या देखिएपछि सरोकारवालासँग छलफल गरेको थिए। प्रधानमन्त्रीलाई  ब्रिफिङ गरेको थिए। गठबन्धमा केही बैठक अन्य विषयमा छोडेर अर्थतन्त्रमा देखिएको समस्यामा मात्रै छलफल गर्‍यौं भनेको थिए।तर प्रस्तावले ध्यान केन्द्रीत गरेन।

images
images
images

जसले जिम्मा पाएको छ उसले गर्ने हो भनेर गठबन्धमा बसेकाले  फेरि निर्वाचनमा जाँदै गर्दा पनि पनि गठबन्धनका नेताहरुसँग हामी फेरि सरकारमा आयो भने के गर्छौ भनेर सिट भन्दा पहिले अर्थतन्त्रको विषयमा छलफल गर्‍यौ भनेकाे थिए।तर त्यो पनि भएन।

images

अब नयाँ बन्ने सरकारले मसँग पाँच वर्षको समय छ भनेर काम गर्न थाल्ने हो भने  झन दुर्घटनामा जान्छ।  सरकारले मसँग मुस्किलले पाँच महिनाको समय छ भनेर ठान्नु पर्छ। पाँच महिनामा मैले परिणामा ल्याउनु पर्छ। हामीले निर्वाचनको बेला २४ घण्टा नै काम गरियाे। अर्थतन्त्रको समस्याको विषयमा पनि सयममै ध्यान दिनुपर्छ। अब आउने सरकार तथा नेतृत्वले समयलाई ध्यान दिएन भने देशको अर्थतन्त्र दुर्घटनामा जान्छ।

images

कतिपय विषय हाम्रो हातमा मात्रै पनि छैन। मुल्य वृद्धि, बेरोजगारी, ब्याजदरको कुरा हेर्ने हो भने। संयुक्त राज्य अमेरिकामा नै मुल्य अभिवृद्धि तथा ब्याजदर बढेको छ। सबै तिर समस्या छ। तर समस्या समाधानका लागि समयमै ध्यान दिन पर्छ। निजी क्षेत्रसँगको सरोकार बिना समस्या समाधान हुने सक्दैन। सरकार र निजी क्षेत्रभनेको नदीको दुई किनारा जस्तो भएको छ।

images
images

सरकार र निजी क्षेत्र बीच किन एक ठाउँमा बसेर पारदर्शिताको छलफल  हुँदैन। बरु प्रधानमन्त्रीले व्यवसायीलाई सँगै लिएर काँही लगेर भएपनि छलफल गर्नु पर्छ। यो बेलामा आफ्नो लक्ष्य के हो कसरी काम गर्ने भने विषयमा छलफल गर्नु पर्छ। आयातमा लगाएको प्रतिबन्धले केही फाइदा भएपनि केही न केही त घाटा भएको होला। यसामा रिभाइज हुन पर्छ। यो गम्भिरता रहन्छ कि रहदैन भने नै हो नै अबको प्राथमिकता हो। 

images

प्रकाशित : बिहीबार , मंसिर १५ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस