मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

सीपमूलक तालिमले बढायो युवाको आत्मविश्वास 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १४ २०७९
images
images
सीपमूलक तालिमले बढायो युवाको आत्मविश्वास 

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउने लगायतका क्रियाकलाप गरिएको जनाइएको छ ।

images
images

धरान- झापाको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावतीले सन् १९९९ मा मलेसिया पुगेर तीन वर्ष श्रम गरे। हातमा कुनै सीप नभएका लावती पैसा कमाउन नसकेपछि घर फर्किए।  

images
images
images

फेरि सन् २००७ मा कतार गए।  त्यहाँ सुरक्षा गार्डको काम थियो, भनेबमोजिको तलब नपाएपछि एक वर्षमै घर फर्किए।  फेरि सन् २०१० मा संयुक्त अरब इमिरेट्स गए। त्यहाँ भने १० वर्ष वेल्डिङको काम गरे। पछिल्लो दुई वर्षदेखि नेपालमा उनी त्यतिकै बसिरहेका थिए। गोठमा दुई/चार गाई भने उनले पाल्दै आएका थिए।  

पेसाप्रतिको प्राविधिक ज्ञान अभावमा उनी भौतारिरहेका थिए। पशुपालनमा चासो  राख्ने लावतीले पशु स्वास्थ्यसम्बन्धी तालिम पाएपछि पशु पालन व्यवसाय दीगो हुने आशा गरेका छन्। 

images

लावती जस्तै तीन वर्ष कुवेत बसेर फर्किएका  झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क क्षेत्रका अनिश राई विर्तामोडमा ‘हाउस किपिङ’को तालिमका लागि अन्तर्वार्ताबाट पास भई सहभागी भए। अब होटल क्षेत्रमा स्वदेशमै केही गरेर बस्ने अठोट लिएका छन्। तीन वर्ष कुवेतमा क्लिनरको काम गरेर  फर्किएकी  झापा कमल गाउँपालिका–४ की इन्दिरा कार्की (गुरुङ) पशु स्वास्थ्य सहायकको तालिम पाएपछि आफ्नै देशमा केही गर्ने मनोबल बढेको बताउँछिन्। 

images

लावती, राई र कार्कीजस्तै झापा, मोरङ र सुनसरीका विदेश बसेर फर्किएका तीन सय युवाले विभिन्न प्रकारका सीपमूलक तालिम लिने अवसर पाएका छन्। घर नजिकै निःशुल्क पाएको तालिमले नेपालमै केही गर्ने आत्मबल बढेको उनीहरु बताउँछन्।  

वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउने उद्देश्यले ‘वेलकम होम’ परियोजनाले छोटो अवधिको सीपमूलक तालिम दिएपछि यहाँका युवाले सीपयुक्त हुने मौका पाएका छन्। युरोपेली संघको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता–टिभिइटि व्यावहारिक साझेदारीअन्तर्गत अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा कार्यान्वयन गरिएको यो परियोजनाले प्रदेश नं १ का मोरङ, सुनसरी र झापामा तीन सय जनालाई तालिम प्रदान गरेको हो । यो परियोजना सञ्चालन गर्न नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले मुख्य भूमिका खेलेको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै रहेर केही गर्न प्रोत्साहन गर्न दातृ निकायसँग सहकार्य गरेर एक सय ८० घण्टाको तालिम सञ्चालन गरिएको छ । 

झापाको कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, शिवसतासी नगरपालिका, मेची नगरपालिका, विर्तामोड नगरपालिका, मोरङको केराबारी गाउँपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैचा नगरपालिका तथा सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकामा तालिम आयोजना गरिएको थियो । 

विदेशबाट फर्किएका युवालाई तालिममा सहभागी गराउन पौरखी नेपाल र ओरेक नेपालले सहयोग गरेको थियो । छोटो अवधिका प्लम्बर, होम स्टे, साना होटल व्यवस्थापन, हाउस पेन्टर, बिल्डिङ इलेक्ट्रिसियन, हाउसकिपिङ, पशु स्वास्थ्य सहायक र बेमौसमी तरकारी खेतीलगायतका सीपमूलुक तालिम सञ्चालन गरिएको तालिमका व्यवस्थापक गिरीराज घिमिरेले बताए।   

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउने लगायतका क्रियाकलाप गरिएको जनाइएको छ ।

श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजनाका साथ यो तालिम आयोजना गरिएको थियो । नेपालमा विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्न यस्तो तालिम आयोजना गरिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घका प्रदेश नं १ का अध्यक्ष कृष्ण शाहले बताए। 


उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको आयोजकले जनाएको छ । त्यसबाहेक परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकालाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवद्र्धन गरी सामाजिकिकरण गर्ने जनाइएको छ । रासस


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend