आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले दियो निवेदन

images
सोमबार, मंसिर १२ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले दियो निवेदन
images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि निजी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले  निवेदन दर्ता गराएको छ। एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गराएको हो।

images
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरीबाट उडान सुरु गर्नेगरी बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरिसकेको छ। धेरै वर्षको मिहिनेत र खर्चपछि यो पूर्वाधार साकार भएको बुद्ध एयरले जनाएको छ।

images
images

अब यस विमानस्थलको भरपूर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं वाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउन बाटो खुलेको एयरको भनाइ छ। विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जिवनोस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्ने एयरको दाबी छ।

images
images

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरि साताको ३ सय उडान भर्ने कार्यतालिका बनाएको छ। जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन्। अन्तराष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन्। यसैगरि बुद्ध एयरले भारतको नयाँदिल्लीामा साताको ३ र साताको ३ दिन नै देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको छ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्ध एयरका प्राविधिक टिम अध्ययनरत रहेको छ। निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने पनि विज्ञप्तिमा खुलाइएको छ ।

नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिन्छ। खर्च कम गर्न विमानस्थलको ग्राउण्ड ह्याण्डलीङ व्यवस्था एकीकृत हुन जरुरी रहेको बुद्ध एयरले जनाएको छ। बुद्ध एयर देशैभरि उसको गन्तव्यमा आफैले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ। एयरसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको छ।

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाएका छ। बुद्ध एयरले विज्ञप्तिमा आन्तरिक एवं भोलि आउने अन्तर्राष्ट्रिय वायु सेवाहरुले सस्तो तर गुणस्तरीय ग्राउण्ड ह्याण्डलिङ व्यवस्थाका लागि प्रतिवद्ध रहेको जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर १२ २०७९०५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend