आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मिलीजुली सरकारमा नयाँ अर्थमन्त्री बन्ने रस्साकस्सी

फेरी माओवादीको पोल्टामा जान सक्छ अर्थमन्त्रालय

images
आइतबार, मंसिर ११ २०७९
images
मिलीजुली सरकारमा नयाँ अर्थमन्त्री बन्ने रस्साकस्सी

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा छन्। जसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि सरकार गठनमै ठूलै हात देखिने निश्चत भएको छ।

images
images

काठमाडौं- मंसिर ४ गतेको चुनाव सम्पन्न भएर मतपरिणम अन्तिम चरणमा छ। प्रत्यक्षतर्फको परिणाम सीमित ठाउँ बाहेक आइसकेको, समानुपातिकतर्फ पनि धेरै मत गनिसकिएको छ।

images
images
images

योसँगै नयाँ सरकार बनाउन एकल बहुमत असम्भवप्राय: भइसकेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच केही सीटको मात्रै अन्तरमा पहिलो र ठूलो पार्टी बन्दैछन्। सम्भवत नेपाली कांग्रेस ठूलो पार्टी बन्दैछ। 

images
images

सत्तागठबन्ध नै गरेर चुनावमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सरकार बनाउन पुग्नेगरी प्रष्ट बहुमत पुर्‍याउने निश्चित भएको छ। यता कांग्रेस कार्यकर्ताले भोट नदिएको भन्दै माओवादी केन्द्र पुनः एमालेसँग गठबन्धन गरेर सरकार बनाउने प्रयासमा रहेका छन्। 

images
images

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन जोगाएर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा छन्। जसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि सरकार गठनमै ठूलै हात देखिने निश्चत भएको छ। यता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा आउन सक्ने अनुमानहरु गरिएका छन्।

तर पुरानै अनुहारको नेतृत्वमा नआउने लामिछानेले बताउँदै आएकाले देउवा वा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी नहुने प्रष्ट पारिसकेका छन्। जसमा सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेको प्रतिस्पर्धा हुने प्रष्ट बनिसकेको छ। अहिलेसम्मको अंकगणितले मंसिरपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने निश्चितजस्तै देखिन्छ। 

कांग्रेसमा रस्साकस्सी

प्रधानमन्त्रीको बन्नका लागि देउवालाई पनि सहज भने छैन। पार्टीका महामन्त्री गगन थापाले संसदीय दलको चुनावमा होमिएको बताइसकेका छन्। अहिलेको प्रतक्ष्यतर्फको परिणामले कांग्रेसमा पनि देउवातर्फ लागेका अधिकांश ठूला नेताले चुनाव हारेका छन्।

सोही कारण अब समानुपातिकमा पाठाइएका महिला सूचीमा निर्भर हुने छ। संसदीय दलको चुनावमा अब समानुपातिकमा आउने महिला सांसदहरुको हातमा पुगेको छ। जसमा देउवाले चाहेर पनि आफ्नै गुटका मात्रै सांसद बनाउन असम्भव रहेको छ। यही कारण गगन थापा संसदीय दलको नेता चुनिए भने अहिले भइरहेको गठबन्धन भत्किएर नयाँ बन्न सक्ने अनुमान पनि गरिएका छन्। महामन्त्री थापा अगाडि बढेपछि देउवा अन्य नेताहरु प्रकाशमान सिंह र रामचन्द्र पौडेल मिलाउन बैठक सुरु गरेका छन्। 

शक्तिशाली पाँच वर्षे सरकारको नेतृत्व गर्न कस्सीएका देउवा गठबन्धनमा लागेको धक्काले भने अलमलमा रहेका छन्। देउवा निकट केही नेताहरुका अनुसार संसदीय दलमा हार्ने अवस्था आएमा उपसभापति पूर्णबहादुर खड्कालाई अगाडि सार्ने तयारी गरिएको छ। सोही कारण कांग्रेस संसदीय दलको चुनावपछि मात्रै नयाँ सरकारको आकार आउने देखिएको छ। 

एमालेमा एक्लो ओली

एमाले अध्यक्ष ओली सरकार आफ्नै नेतृत्वमा बनाउनका लागि पुनः वाम एकताको तयारीमा रहेका छन्। जसका लागि एकिकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष पुष्प कमल दाहालसँग विभिन्न नेतामार्फत छलफल गरिरहेका छन्। त्यसो हुँदा एमाले अध्यक्ष ओलीको नेतृत्वमा पनि सरकार बन्न सक्ने देखिन्छ। एमालेको संसदीय दलको नेतामा अन्य नेताहरुले हालसम्म दाबी नगरेका कारण एमालेले नेतृत्व पाएमा ओली नै प्रधानमन्त्री बन्ने निश्चत रहेको छ। 

कांग्रेसभित्र भावी अर्थमन्त्रीको दौड

विश्वभर बढ्न सक्ने आर्थिक मन्दीको असर नेपालमा पनि बढ्ने अनुमान अर्थविद्हरूले गरिरहेका छन्। बैंकहरू ऋण दिन नसक्ने अवस्थामा छन्। रेमिट्यान्स अपेक्षाकृत बढ्न सकेको छैन।

महँगी भान्सासम्म पुगेको छ। डलर सञ्चिति घट्दो छ। आयात डरलाग्दो छ। निर्यात बढ्नै सकेको छैन। उत्पादनमा केन्द्रित उद्योगहरू धरासायी बन्दैछन्। पर्यटन क्षेत्र ध्वस्त छ। यो सबै भार अब बन्ने अर्थमन्त्रीको थाप्लोमा पर्ने निश्चित छ।

कांग्रेसभित्र यतिबेला भावी अर्थमन्त्रीको दौडमा नेताहरू देखिएका छन्। कुनै समय कांग्रेसबाट अर्थमन्त्री भन्ने वित्तिकै डा. रामशरण महतको नाम आउने गर्दथ्यो। महतले गरेका अर्थतन्त्र सुधारका कामको प्रशंसा अहिले पनि हुने गर्दछ। महतले भन्ने गरेको दोस्रो चरणको आर्थिक सुधार गर्नका लागि फेरि कांग्रेसकै काँधमा जिम्मेवारी आउने देखिएको छ। सोही कारण पनि मंसिर ४ पछिको सरकारको अर्थमन्त्री बन्नेगरी कांग्रेसका अर्थशास्त्रीदेखि उद्योगीसम्मले चासो दिएका छन्। 

कतिपय नेता चुनावमै पराजित भएका छन् भने कोही चुनाव जित्ने संघर्षमा रहेका छन्। नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट उद्योगी विनोद चौधरीले जित निकालेका छन्। चौधरी चुनाव जिते गलत्तै नयाँ बन्ने सरकारको अर्थमन्त्री बन्ने दौडमा छन्। यता चितवन १ बाट चुनाव लडेका योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल पराजित भएका छन्। पौडेल पनि चुनाव जितेर अर्थमन्त्रीकै रुपमा देखिन चाहेका थिए तर ५ वर्षका लागि उनको त्यो योजना सपनामै सीमित भएको छ।  

डा. प्रकाशशरण महत समानुपातिको पहिलो नम्बरमै रहेकाले पनि अर्थमन्त्रीको रुपमा अगाडि आउन सक्छन्। प्रधानमन्त्री देउवाका अर्का विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको चुनावी नतिजा अझै आएको छैन। पुनः चुनाव जितेर अर्थ मन्त्रालय दाबी गर्ने दौडमा छन्। यता डा.नारायण खड्काको पनि मतपारिणाम अझै आएको छैन। खड्का पनि चुनाव जितेमा अर्थमन्त्रीमा दाबी गर्नेछन्। 

एमालेमा पुनः पौडेल बलियो

रुपन्देहीबाट चुनाव जितेका एमाले उपाध्यक्ष विष्णु पौडेल पनि अर्थमन्त्रीको दौडमा रहेका छन्। एमालेमा चितवन १ बाट पूर्वअर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे पराजित भएका छन्। सोही कारण पनि एमालेमा पौडेल पुनः अर्थमन्त्री बन्न सक्छन्। दुई पटक अर्थमन्त्रालय सम्हालेका पौडेलका लागि पुन: अर्थमन्त्रालयको ढोका खुल्न सक्छ। 

माओवादीमा तीन जना प्रतिस्प्रर्धामा 

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएमा आफैले अर्थ मन्त्रालय पाउँछ भन्ने अनुमान अहिले नै गर्न सकिँदैन। उद्योगी व्यवसायी तथ अर्थशास्त्रीहरूको ठूलो समूह कांग्रेसले अहिले नै अर्थ मन्त्रालय छाडेकामा असन्तुष्ट छन्।

वर्तमान अर्थमन्त्री जनार्दन शर्माले दोस्रोपटक अर्थ मन्त्रालय सम्हालेका छन्। उनले रुकुमबाट चुनाव जितेका छन्। यही गठबन्धन अगाडि बढेको खण्डका शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अर्थमन्त्रीकै बार्गेनिङ गर्न सक्नेछन्। यता वर्षमान पुन पनि रोल्पाबाट निर्वाचित भएका छन्।

विगतमा पनि पुन अर्थमन्त्री भएका थिए। यता जाजरकोटबाट जित निकालेका शक्तिबहादुर बस्नेतले पनि अर्थमन्त्रालय दाबी गर्न सक्दछन। गठबन्धनको सरकार बन्ने निश्चत भएकोले माओवादीकै सांसदले अर्थमन्त्री पाउने सम्भावना पनि बलियो भएकाले शर्मा, बस्नेत र पुन अर्थमन्त्रीको दौडमा हुनेछन्। 


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend