आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

नेपाली वायुसेवामाथि दशकदेखि लाग्दै आएको इयुको प्रतिबन्ध पुनः ६ महिना लम्बियो

images
शुक्रबार, मंसिर ९ २०७९
images
नेपाली वायुसेवामाथि दशकदेखि लाग्दै आएको इयुको प्रतिबन्ध पुनः ६ महिना लम्बियो
images
images

काठमाडौं- नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गर्न नसकेको भन्दै युरोपेली आयोगले उडान सुरक्षा सूचीबाट नहटाउने निर्णय गरेको छ।

images
images
images

बिहीबार प्रकाशित युरोपेली संघको आधिकारिक जर्नलका अनुसार युरोपेली आयोगले नेपाली हवाई आकाशलाई कालोसूचीमै निरन्तरता दिएको हो। नयाँ सूचीसँगै नेपाललाई लगाइएको प्रतिबन्ध पुनः ६ महिना लम्बिएको छ। 

images
images

हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राख्दै आएको छ। गत महिना इयुले अडिट समेत गरेको थियो। अडिको क्रममा नेपाललले उल्लेख्य कुनै सुधार र प्रगति नगरेको भन्दै प्रतिवन्धलाई निरन्तरता दिएको हो। 

images
images

सुरक्षा सूचीको मात्र प्रामाणिक संस्करण संस्करण हो जुन पछिल्लो लागू आयोग कार्यान्वयन नियमन संशोधन नियमन मा संलग्न हवाइ वाहकहरूको सूचीको सन्दर्भमा विगतै निर्णय यथास्थितीमा राखेको समेत जनाएको छ। इयुले गत सेप्टेम्बर १४, २०२२ मा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरूसँग भेटघाट समेत गरेको थियो।

इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो। सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो ९एसएससी० को सूचीमा राखेकामा सन् २०१७ जुलाईबाट हटाएको थियो।

सुरक्षा चासो देखाएको इयुले नेपाली वायुयानलाई युरोपका आकाशमा उड्न प्रतिबन्द लगाएको थियो। आईकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात नेपाल सरकारले इयुलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ।


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend