मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

समानुपातिकमा एमालले २३ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड नकटाउने साना दलको मत २५ प्रतिशत

images
शुक्रबार, मंसिर ९ २०७९
images
images
समानुपातिकमा एमालले २३ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड नकटाउने साना दलको मत २५ प्रतिशत

तीन प्रतिशत मत नकटाउने दलले समानुपातिकबाट कुनै पनि सिट पाउँदैनन्। 

images
images

काठमाडौं- निर्वाचन आयोगले अहिलेसम्म प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक तर्फ कुल ४५ लाख १७ हजार ५७ सदर मतको नतिजा सार्वजनिक गरेको छ।

images
images
images

जसमा सबैभन्दा बढी नेकपा एमालले १० लाख ४० हजार ६ सय २४ मत पाएको छ। जुन सदर मतको २३.०३ प्रतिशत हो।

यसैगरी नेपाली कांग्रेसले अहिलेसम्म ९ लाख ९६ हजार ३ सय १६ मत पाएको छ। कांग्रेसले सदर मतको २२.०५ प्रतिशत मत पाएको छ। यसैगरी रास्वपाले सदरमतको १०.८५, माओवादीले १०.१५ प्रतिशत,  राप्रपाले ५.८६ र जसपाले २.८९ प्रतिशत मत पाएको छ। जसपालाई अहिलेसम्म थ्रेसहोल्ड नकटाउने अवस्थामा रहेका ४१ पार्टीले पाएको मत भने ११ लाख ३५ हजार ७ सय ४९ मत पाएका छन्। यो मत सदर मतको २५.१४ प्रतिशत हो।

images

तीन प्रतिशत मत नकटाउने दलले समानुपातिकबाट कुनै पनि सिट पाउँदैनन्। 

images

कुन पार्टीको कति भोट?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)-१०४०६२४ (२३.०३ प्रतिशत)

नेपाली कांग्रेस- ९९६३१६ ( २२.०५ प्रतिशत)

राष्ट्रिय स्वतन्त्र पार्टी -४९०१३२ (१०.८५ प्रतिशत)

माओवादी- ४५८५७० (१०.१५ प्रतिशत)

राप्रपा- २६४८९७ (५.८६ प्रतिशतण)

जसपा- १३०७६९  (२.८९ प्रतिशत)

अन्य दल ११ लाख ३५ हजार ७ सय ४९ (२५.१४ प्रतिशत)


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend