मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

प्रतिनिधिसभातर्फ ९२ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?

images
बिहीबार , मंसिर ८ २०७९
images
images
प्रतिनिधिसभातर्फ ९२ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?
images
images

काठमाडौं-१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ९२ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।नेपाली कांग्रेसले सबभन्दा बढी ३२ स्थानमा जित निकालेको छ भने थप २१ स्थानमा अग्रता लिइरहेको छ। दोस्रोमा रहेको नेकपा एमालेले २० स्थानमा जित हात पार्दा २७ स्थानमा अग्रता लिएको छ। 

images
images
images

सत्तारूढ दल माओवादी केन्द्रले ९ स्थानमा जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले ८ स्थानमा जित निकाल्दा ३ स्थानमा अग्रता बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा अझै २ स्थानमा अग्रता बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाइरहेको छ।

images

लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २/२ स्थानमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ४ सिटमा विजयी भएका छन्।

images


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend