मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

नवलपरासी पश्चिम-१ बाट हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित

images
बिहीबार , मंसिर ८ २०७९
images
images
नवलपरासी पश्चिम-१ बाट हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित
images
images

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत नवलपरासी पश्चिम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेद्‍वार विनोदकुमार चौधरी निर्वाचित भएका छन्। चौधरी निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टी नेपालका उम्मेद्‍वार हृदयेश त्रिपाठीलाई पराजित गर्दै विजयी भएका हुन्।

images
images
images

३० वर्षदेखि नवलपरासी क्षेत्रमा जित्दै आएका त्रिपाठीलाई चौधरीले छोटो समयकै तयारीमा पराजित गरेका हुन्। २०४८ सालदेखि एक पटकबाहेक लगातार सांसदमा निर्वाचित हुँदै आएका हृदयेश त्रिपाठीको विरासत भत्काउन चौधरीका लागि फलामको चिउरा भन्दै जित्न कठिन हुने बताइएको थियो। तर चौधरीले कठिन दौडमा सहजै जित निकालेका हुन्। 

१ लाख १८ हजार २ सय ५० मतदाता रहेको सो क्षेत्रमा ७० हजार ५ सय ३८ मत खसेको थियो भने ३ हजार ९ सय ९९ मत बदर भएको थियो। ६६ हजार ५ सय ३९ सदर मतमध्ये विनोद चौधरीले हालसम्म २३ हजार ८ सय ६१ मत ल्याएका छन् भने त्रिपाठीले १८ हजार २ सय २१ मत ल्याएका छन्। अब जम्मा १३० मत मात्रै गन्न बाँकी रहेको छ। चौधरीले झन्डै ६ हजार मतान्तरले जित निकालेका छन्। 

images

त्रिपाठीले २५ वर्षदेखि शासन चलाएपनि जनताको समृद्धिको आकांक्षामा हिलो छ्याप्ने मात्रै काम गरेको आरोप व्यापक भएको थियो। सोही कारण पनि चौधरीलाई जित निकाल्न सहज भएको हो। चौधरीले यो क्षेत्रमा भाग्य आएको भन्दै जनतालाई समृद्धि र रोजगारीलाई मुख्य नारा बनाउँदै जनताको घरदैलोमा पुगेका थिए। 

images

जनतामाझ घरदैलोमा राष्ट्रवादको नाराभन्दा समृद्धि र जीवनस्तर उकास्ने नारा लिएर हिँडेका चौधरीले गण्डक बाँध र सुस्ताको समस्या समाधान गर्ने समेत बाचा जनतालाई दिएका छन्। 

नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ प्रतिनिधिसभामा यसपटक रोचक प्रतिस्पर्धा भएको थियो। निर्वाचनका खेलाडी मानिएका त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य चौधरीलाई पठाएको थियो। चौधरीले नवलपुरपूर्व-२ मागेका थिए। तर कांग्रसले चौधरीलाई नवलपरासी पश्चिम पठाएको थियो। 

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी नेकपा एमालेको समर्थनमा प्रतिस्प्रर्धामा थिए। त्रिपाठीले ६ पटक चुनाव लडेको अनुभव थियो। ५ पटक निर्वाचित भइसकेका त्रिपाठीले दोस्रो हार व्यहोरेका छन्। २०४८ सालदेखि यता एक पटक मात्र त्रिपाठी सांसद बन्न पाएका छैनन्। २०४८, २०५१ र २०५६ सालमा उनी नेपाल सद्‌भावना पार्टीबाट सांसद र पटक पटक मन्त्री बनेका थिए।

चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेद्‍वार भएका थिए। उनी दुईपटक समानुपातिक प्रणालीबाट सांसद बनेका छन्। २०६४ सालमा नेकपा एमालेबाट पहिलो संविधानसभामा सभासद् बनेका चौधरी २०७४ सालको निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका थिए। २०७४ सालमा कांग्रेसले उनलाई समानुपातिकतर्फबाट सांसद् बनाएको थियो।  


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend